हिमाली जिल्ला हुम्लामा विपद व्यवस्थापन समितिको बैठक वसेको छ । हिमपात तथा अविरल वर्षाले स्थानियवासीको जनधनमा पार्न सक्ने क्षेतीलाई आकलन गर्दै उक्त बैठक बसेको हो । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय हुम्लामा वसेको बैठकले जिल्लाका सात वटै गाउँपालिकामा भएका सडकको अवस्था, सुख्खा पहिरोले पुर्याएको क्षेती, यस अघि भएको आगलागीका पीडितहरुको अवस्था, हिमताल फुटेपछि गएको पहिरोले पुर्याएको क्षेती सँगै राहत उद्धार र स्थानियवासीको अवस्थाका बारेमा उक्त बैठकमा छलफल गरिएको थियो । केही गरि प्राकृतिक प्रकोप भइ हालेमा पुर्व तयारीका अवस्थाकाबारेमा सत्रुभन्जन गुल्मका गुल्मपति, ससस्त्र प्रहरी नायव उपरिक्षक, जनपत प्रहरी प्रमुखले आफुहरु तयारी अवस्थामा रहेको बताएका थिए ।

विपद्का घटना जुनसुकै समय र स्थानमा हुनसक्ने तथा त्यसबाट जोसुकै पनि प्रभावित हुनसक्ने भएकोले विपद्का घटना भएको जानकारी हुनासाथ जोसुकैले तत्काल खोज, उदार तथा राहत कार्यका लागि नजिकको सुरक्षा निकाय एवम् जिल्ला स्थानीय आपतकालीन कार्य सचालन केन्द्रमा जानकारी गराउने,विपद्को घटना भएको जानकारी हुनासाथ सुरक्षा निकायहरुमा रहेका सुरक्षाकर्मीलाई तत्कालै परिचालन हुन सक्नेगरी चुस्त, दुरुस्त र तयारीको अवस्थामा राख्ने,जिल्ला स्थित मानवीय सहायताको क्षेत्रमा क्रियाशील संघ संस्थाहरुले सम्भावित प्रकोपबाट प्रभावित हुनसक्ने घरपरिवारको आँकलन गरी खाद्य तथा गैरखाद्य सामग्रीहरु भण्डारण तथा पूर्वतयारी अवस्थामा राख्ने र यस प्रक्रियामा एकद्वार प्रणाली कायम गर्ने, विपद्का घटना भए पश्चात् प्रभावितहरुको तत्काल तथा आकस्मिक खोज तथा उद्धार कार्यका लागि प्रयोग हुने हेलिकप्टर अवतरण गर्न सक्ने स्थान सम्बन्धी विवरण एवम् प्रभावितहरुलाई उद्धार गरी सुरक्षित स्थानमा राख्न आवश्यक पर्ने खुला क्षेत्र सम्वन्धी वडागत विवरण सबै स्थानीय तहहरुले यथासिघ्र जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने, सम्भावित हिमपात लगायतको प्रकोपबाट पर्न सक्ने प्रभावबाट बच्न नेपाल पत्रकार महासंघ, हुम्लाले गैर सरकारी संस्था महासंघ, हुम्लासँग समन्वय गरी जनचेतनामूलक सामग्री प्रचार प्रसारका लागि आवश्यक सहयोग गर्ने लगायतका निर्णय गरियको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताएका छन ।
सोमबार दिनको ११ वजे जिल्ला प्रशासन कार्यालयमा वसेको बैठकमा राजनितिक दल नागरीक समाज सुरक्षा निकाय सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधि पत्रकार लगायतको उपस्थित रहेको थियो ।
