नन्द सिंह बुधबार, आषाढ १०, २०७७ मा प्रकाशित

हुम्ला,
खार्पुनाथ गाउँपालिका–३ को कारङ्गमा रहेको ज्ञानज्योती प्रावि विद्यालयमा रहेका २५ वर्षीय एक पुरुषमा आरडिटी पोजेटिभ देखिएको छ । केही दिन अगाडी मात्र काठमाण्डौँबाट हुम्ला पुगेका युवालाई आरडिटी चेक गर्दा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

उनका अनुसार पैदलमार्गबाट जिल्ला पुगि करीव १३ दिनको अभदि पुगेर क्वारेन्टाइनमा रहेकै वेला असार ९ गतेमात्र आरडिटी चेक जाँच गर्दा एक जनाको आरडिटी पोजेटिभ देखिएको हो । हाल सो विदद्यालयको क्वारेन्टाइनमा चार जना रहेका छन् ।

सो व्यक्तिहरु काठमाण्डौँबाट मुगुसम्म गाडीमार्फत उद्धार गरिएका थिए भने त्याँहाबाट पैदलमार्ग हुँदै खार्पुनाथ गाउँपालिका पुगेको जिल्ला स्वास्थ्य सेवा कार्यालयको स्रोतले जनाएको छ । सो विद्यालयमा रहेका व्यक्तिमा आरडिटी पोजेटिभ देखिए लगतै असार १० गते नै जिल्ला स्वास्थ्य सेवा कार्यालयले १२ वटा भिटिएम किट सहित खार्पुनाथ गाउँपालिका स्वास्थ्यकर्मीलाई सो क्वारेन्टाइन स्थल तर्फ खटाएको छ ।

हाल सो ठाउँमा रहेका चारै जनाको पिसिआर संकलन गरि असार ११ गते सुर्खेत पठाइने भएको प्रमुख सिंहको भनाई छ । त्यस्तै केही दिन अघिमात्र खार्पुनाथ गाउँपालिका–४ को छिप्रामा रहेको सिता मावि विद्यालयमा रहेका १७ वर्षीय एक बालकमा आरडिटी पोजेटिभ देखिए पनि पिसिआर रिपोटमा भने नेगेटिभ देखाएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९