राज शाही आइतबार, आश्विन १२, २०८२ मा प्रकाशित

१ महिनाको अवधिमा हुम्ला जिल्लामा ३ हजार २ सय ६३ जनाको राष्ट्रिय परिचय पत्रको लागी डाटा संकलन गरिएको छ ।  गाउँपालिकाको कार्यपालिकाले निर्धारण गरेको स्थानको टोल टोलमा पुगी स्थानियवासीको राष्ट्रिय परिचय पत्रको डाटा इन्ट्रि गरेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताएका छन् ।

यस अघि प्रमुख जिल्ला अधिकारी रेग्मी सहितको सर्वपछिय बैठकमा नाम्खा,सिमकोट, खार्पुनाथ र अदानचुली गाउँपालिकाका जनप्रतिनिधि एव गाउँपालिका अध्यक्षसँग बैठक बस्दा गाउँपालिका अध्यक्षले राष्ट्रिय परिचय पत्र बनाउन गाउँपालिका बासीलाई सास्ती भएको गुनासो प्रमुख जिल्ला अधिकारीलाई सुनाय पछि प्रमुख जिल्ला अधिकारीको पहलमा गाउँ गाउँमा पुगी राष्ट्रिय परिचय पत्रको डाटा संकलन गरिएको हो ।

एक महिनाको अवधिमा हिमाली जिल्ला हुम्लाका ४ वटा गाउँपालिका नाम्खामा १ हजार १ सय ५२, अदानचुलीमा ७ सय १८, खार्पुनाथमा ८ सय ८५ र सिमकोटमा ५ सय ८ जना गरी जम्मा ३ हजार २ सय ६३ जनाको राष्ट्रिय परिचय पत्रको डाटा अफलाईन माध्यमबाट संकलन गरीएको र सदरमुकाम सिमकोटको जिल्ला प्रशासन कार्यालय हुम्लामा आइ पुगेपछि अनलाईन गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले  बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको पहल र गाउँपालिका अध्यक्षहरुको समन्वयमा राष्ट्रिय परिचय पत्र गाउँ गाउँमा पुगी संकलन गर्दा अपाङ्ग, असक्त, जेष्ठ नागरीक लगायत स्थानियवासीलाई सहज भएको जानकारी प्राप्त भएको छ ।

अहिले पनि संकलन गर्न बाँकी अदानचुली गाउपालिकाको १ वटा वडा र चंखेली गाउँपालिकाको २।३ वटा वडामा २ जना कर्मचारी खटी राष्ट्रिय परिचय पत्र बनाउने डाटा संकलन गर्ने कार्य भइ रहेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९