राज शाही आइतबार, आश्विन ०५, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका न्युन आयश्रोत भएका घरधुरीलाई जस्तापात सहयोग गरिएको छ । उक्त जस्तापाता  खार्पुनाथ गाउँपालिका वडा नं १ देखि ५ नं वडा सम्मका ३३ घरधुरीलाई उक्त जस्तापाता सहयोग गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरतजंग शाहीले बताएका छन् । यस अघि दिनु पर्ने उक्त जस्तापाता दिने निकायबाट रकम निकासा नहुँदा रोकिएकाले पुनः रकम निकासा हुँदा वितरण गरिएको अध्यक्ष शाहीले बताएका छन् ।

प्रति घरधुरी नौ फिटे ४० एम एम का १४ पाता वितरण गरिएको हो ।  गरिव न्युन आयश्रोत भएका घरधुरी छनौट यस अघि गरी  सुरक्षित नागरिक आवासका लागी सो जस्ता पाता वितरण गरिएको हो ।  घरको माथिल्लो तला अर्थात स्थानिय भाषामा (पाँण)लाई छाउनका लागी सो जस्ता पाता सहयोग गरिएको हो । यस कार्यक्रमले  विपन्न तथा असाय परिवारलाई सुरक्षित आवास निर्माणमा सहयोग पुर्याउने उद्देश्य राखेको वडा अध्यक्ष शाहीले बताएका छन् ।

खार्पुनाथ गाउँपालिकाको पहल र सहरी विकासको आर्थिक सहयोगले टिन वितरण कार्यले आवास सुधारमा महत्वपुर्ण योगदान पुर्याउन अपक्षा पालिकाले लिएको पनि थप जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९