राज शाही आइतबार, आश्विन ०५, २०८२ मा प्रकाशित

कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका न्युन आयश्रोत भएका घरधुरीलाई जस्तापात सहयोग गरिएको छ । उक्त जस्तापाता  खार्पुनाथ गाउँपालिका वडा नं १ देखि ५ नं वडा सम्मका ३३ घरधुरीलाई उक्त जस्तापाता सहयोग गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरतजंग शाहीले बताएका छन् । यस अघि दिनु पर्ने उक्त जस्तापाता दिने निकायबाट रकम निकासा नहुँदा रोकिएकाले पुनः रकम निकासा हुँदा वितरण गरिएको अध्यक्ष शाहीले बताएका छन् ।

प्रति घरधुरी नौ फिटे ४० एम एम का १४ पाता वितरण गरिएको हो ।  गरिव न्युन आयश्रोत भएका घरधुरी छनौट यस अघि गरी  सुरक्षित नागरिक आवासका लागी सो जस्ता पाता वितरण गरिएको हो ।  घरको माथिल्लो तला अर्थात स्थानिय भाषामा (पाँण)लाई छाउनका लागी सो जस्ता पाता सहयोग गरिएको हो । यस कार्यक्रमले  विपन्न तथा असाय परिवारलाई सुरक्षित आवास निर्माणमा सहयोग पुर्याउने उद्देश्य राखेको वडा अध्यक्ष शाहीले बताएका छन् ।

खार्पुनाथ गाउँपालिकाको पहल र सहरी विकासको आर्थिक सहयोगले टिन वितरण कार्यले आवास सुधारमा महत्वपुर्ण योगदान पुर्याउन अपक्षा पालिकाले लिएको पनि थप जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९