कर्णाली प्रदेश हुम्ला जिल्लामा संविधान दिवश र राष्ट्रिय दिवश विभिन्न कार्यक्रम गरि मनाइएको छ ।पहिलो दिन अशोज ३ गते प्रभात फेरी कार्यक्रम संचालन गरी नेपालको संविधान २०७२ सम्बन्धि सर्वपछिय अन्तरक्रिया कार्यक्रम संचालन गरेको थियो । सोही दिन,दिनको ३ बजे जिल्ला अस्पतालमा भएका विरामीलाई पोषण सम्बन्धि सामाग्री बितरण गरिएको थियो । त्यसै गरी अशोज ४ गते फरक क्षमता भएका बालबालिकाहरुलाई सरसफाइका सामाग्री वितरण गरेको थियो ।

उक्त सामाग्री जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्मा, उपप्रमुख दलु फडेरा, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, नेपाली काँग्रेसका जिल्ला सचिव कृष्णबहादुर रोकाया र नेकपा एमालेका जिल्ला उपाध्यक्ष प्रकास बहादुर शाहीको हातबाट वितरण गरिएको हो ।
नेपालको संविधान २०७२ मा टेकेर हामी अगाडी बढेका छौ, यो संविधान सबै भन्दा उत्कृष्ट संविधान हो, संविधान हामी सबैको साझा दस्तावेज भएकाले हामी कोही कसैले यो संविधानलाई कम्जोर हुन दिनु हुदैन, तर संविधान भित्र रहेका कमी कम्जोरीलाई सुधार गरेर लैजानु पर्छ, अहिले पनि नेपालको संविधान जारी रहेकाले सोही अनुसार विभिन्न तह तप्कामा रहेका निकायले काम गर्नु पर्ने जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज सर्माले बताएका थिए।

जनताको नजिकको सरकार स्थानिय सरकार भएकोले स्थानिय सरकार अन्तरगत रहेका संघ संस्था, विद्यालयहरुमा कहाँ के कस्तो आवश्यकता छ त्यसको पहिचान गरी सोही अनुसारका सामाग्रीको व्यवस्था गर्नु पर्ने भए बमोजिम संविधान दिवश के कसरी मनाउने भन्ने बारेमा बसेको सर्वपछिय बैठकमा कुरा राखी बैठकले पनि फरक क्षमता भएका जिल्ला सदरमुकामका ३ वटा संस्थालाई सरसफाइका सामाग्री वितरण गर्ने भन्ने भए बमोजिम महिला फिडर छात्राबास, साहारा समुह र हेड नेपालमा यी सामाग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताएका छन् ।

वितरण गरीएका सरसफाइका सामाग्रीहरुमा मैला फिडर छात्राबासमा २४ वटा मन्जन, २४ वटा वुरुष, २४ वटा लुघा धुन र २४ वटा नुहाने साबुन सँगै निलकटर रहेका छन् । त्यसै गरी साहारा समुहमा ४०।४० वटा बुरुष, मन्जन, लुघा धुने र नुहाउने सावुन सँगै निल कटर वितरण गरिएको सो सामाग्रीका व्यवस्थापक एव पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन रावतले बताएका छन् ।
सोही अनुसार ५० ।५० वटा उक्त सामाग्री हेड नेपालमा पनि विरतण गरिएको थियो । उक्त सामाग्री व्यवस्थापनका लागी ताँजाकोट, नाम्खा, खार्पुनाथ र सिमकोट गाउँपालिकाले आर्थिक सहयोग गरेका थिए ।