राज शाही शुक्रबार, आश्विन ०३, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा संविधान दिवस तामझाम रहित ढंगले मनाइएको छ । लोकतान्त्रिक चोकबाट पेलेकाड सहित जिल्ला समन्वय समितिको सभाहलमा कोण सभामा परिणत भएको थियो । २०६४ र २०७० मा गरी दुई पटकको संविधानसभा निर्वाचनबाट छानिएका जनप्रतिनिधिबाट संविधान निर्माण भएको दशक पूरा भएको छ । ३ असोज २०७२ मा बनेको संविधानको कार्यान्वयन १० वर्षसम्म पनि प्रभावकारी हुन नसक्दा आधारभूत सुविधा पाउन नसकेको विभिन्न क्षेत्रमा कार्यरत सरोकारवालाले गुनासो गरेका छन् । राज्य सञ्चालनमा रहेका व्यक्तिले इमानदारीपूर्वक काम नगर्दा संविधानको मर्मअनुसार सुशासन, रोजगारी र विकास पाउन नसकेको अधिकाँसबोल्ने वक्त्ताले आफ्नो मन्तव्यका क्रममा बिचार राखेका थिए ।

जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज सर्माको अध्यक्षतामा र पुर्व संविधान सभा सदस्य छिमिदोर्जे लामाको प्रमुख आतिथ्यमा संचालन भएको ११ औ संविधान दिवसमा, संविधान पछिको महत्वपुर्ण कानून कर्मचारी कानून भएको र उक्त कानून संविधान जारी हुँदाका बखत नै आउनु पर्नेमा हाल सम्म आउन सकेन, यसले गर्दा संविधान कार्यान्वयनमा ठुलो चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताएका थिए ।

समाजबाद उन्मुख भनेको समाजवाद होला त्यो शिक्षा , स्वास्थ्य, विकास निमार्ण लगायतका क्षेत्रमा समानता हो, नेपालमा रहेका कुनै पनि असमनताहरु अन्त्य गरेर समनतामा बदल्नु पर्ने होला, त्यो कुरा नेतृत्व वर्गले बुझ्न सकेनौ, व्यवस्थाका सम्पुर्ण संरचनाहरु तयार भएकी भएनन हामीले कहाँ गएर कमी कम्जोरी गरौ ति कमी कमजोरीबाट सिकेर नयाँ विज्ञानको विकास गर्नु आजको आवश्यकता रहेको उपस्थित सम्पुर्ण जनप्रतिनिधिको तर्फबाट ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेशी जैसीले  बताएका थिए ।

कुनै पनि आन्दोलनलाई इन्कार, मिनिमाइज गर्न हामी सक्दैनौ, हरेक घटनाबाट शिक्षा लियौ, अनुभव लियौ, हामी प्रत्येक व्यक्ती व्यक्तीबाट रुपान्तरण हुनु पर्छ, प्रत्येक आन्दोलन प्रत्येक संघ्रसहरुले समाज र व्यक्तिलाई धक्का दिएकै हुन्छ जो परिवर्तन र रुपान्तरणको लागी भएको पुर्व संविधान सभा सदस्य छिमि दोर्जे लामाले  बताएका थिए ।

संविधान अपरिवतनिय दस्तावेज होइन यो परिवर्तनशिल हुन्छ । जनताको माग, समय, परिस्थिती अनुसार हामीले संविधान परिवर्तन गर्दै जानु पर्छ, संविधान खराव होइन, संविधान संचालनकर्ताहरुबाट केही कमी कम्जोरी भएकाले यो परिमाण भोग्नु परेको जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्माले यसरी बताएका थिए ।

सामाजिक विकास कार्यालयका प्रमुख इश्वर बहादुर सिंहले संचालन गरेको उक्त कार्यक्रममा नेपाली काँग्रेसका कार्यवाहक सभापति कैलास भण्डारी, नेकपा एमालेका जिल्ला उपाध्यक्ष प्रकास बहादुर शाही, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष डाक्टर दिपेन्द्र रोकाया, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष विकास महत र रास्वपाका जिल्ला अध्यक्ष नरजित परियारले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पत्रकार नागरिक समाज कर्मचारी सुरक्षाकर्मी लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९