राज शाही बुधबार, भाद्र २५, २०८२ मा प्रकाशित

एआई–डिजिटल गाई र भैँसी बीमा सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । उक्त तालिम कर्णाली प्रदेश  हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा सोमबार  सम्पन्न भएको हो । यु एन डी पी नेपाल र युनाईटेड अजोड इन्स्योरेन्सको साझेदारीमा एआई–डिजिटल गाई र भैँसी बीमा सम्बन्धी एक दिने तालिमको आयोजना गरिएको थियो। कृषि र पशुपंक्षिहरुको बीमालाई प्रविधि मैत्री बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको कृषि विभागका राजन धमलाले जानकारी दिएका छन ।

पछिल्लो समय हरेक काममा सामाजिक सञ्जालको प्रयोग भए संगै कृषि तथा पशु क्षेत्रमा पनि एआईले डिजिटल एफको विकास गरेको उनले जानकारी दिएका छन । उक्त एआई–डिजिटल एफबाट बीमा सम्बन्धी गरिने कामको बारेमा हुम्लाका पशु र कृषि प्राविधिकहरुको क्षमता अभिवृद्धि गराईएको कृषि विभागका धमलाले बताएका छन । तालिममा डिजिटल एआइ भनेको के हो, यसलाई कसरी प्रयोग गर्न सकिन्छ, कृषि फर्म र पशुहरुको अनलाईनबाट फम भर्ने तरिका, यसबारे कृषि तथा पशुपालक किसानलाई गराई सचेतिकरण लगाएतका विषयमा जानकारी गराईको युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड शाखा कार्यलय हुम्ला प्रमुख बिनिता बुढाले बताइएकी छन ।

एक दिने तालिममा हुम्ला जिल्लाका प्राविधिक, अभिकर्ता र अन्य सरोकार वाला गरी करिब १० जनाको सहभागीता रहेको थियो। कृषि विभागका विज्ञ राजन धमला र कृषी बिज्ञ ललित बिसीले तालिमको प्रशिक्षण दिएका थिए भने सहजीकरण युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड शाखा कार्यलय  हुम्लाका प्रमुख बिनिता बुढा र प्राविधिक मनु लामाले गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९