राज शाही बुधबार, भाद्र २५, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

एआई–डिजिटल गाई र भैँसी बीमा सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । उक्त तालिम कर्णाली प्रदेश  हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा सोमबार  सम्पन्न भएको हो । यु एन डी पी नेपाल र युनाईटेड अजोड इन्स्योरेन्सको साझेदारीमा एआई–डिजिटल गाई र भैँसी बीमा सम्बन्धी एक दिने तालिमको आयोजना गरिएको थियो। कृषि र पशुपंक्षिहरुको बीमालाई प्रविधि मैत्री बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको कृषि विभागका राजन धमलाले जानकारी दिएका छन ।

पछिल्लो समय हरेक काममा सामाजिक सञ्जालको प्रयोग भए संगै कृषि तथा पशु क्षेत्रमा पनि एआईले डिजिटल एफको विकास गरेको उनले जानकारी दिएका छन । उक्त एआई–डिजिटल एफबाट बीमा सम्बन्धी गरिने कामको बारेमा हुम्लाका पशु र कृषि प्राविधिकहरुको क्षमता अभिवृद्धि गराईएको कृषि विभागका धमलाले बताएका छन । तालिममा डिजिटल एआइ भनेको के हो, यसलाई कसरी प्रयोग गर्न सकिन्छ, कृषि फर्म र पशुहरुको अनलाईनबाट फम भर्ने तरिका, यसबारे कृषि तथा पशुपालक किसानलाई गराई सचेतिकरण लगाएतका विषयमा जानकारी गराईको युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड शाखा कार्यलय हुम्ला प्रमुख बिनिता बुढाले बताइएकी छन ।

एक दिने तालिममा हुम्ला जिल्लाका प्राविधिक, अभिकर्ता र अन्य सरोकार वाला गरी करिब १० जनाको सहभागीता रहेको थियो। कृषि विभागका विज्ञ राजन धमला र कृषी बिज्ञ ललित बिसीले तालिमको प्रशिक्षण दिएका थिए भने सहजीकरण युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड शाखा कार्यलय  हुम्लाका प्रमुख बिनिता बुढा र प्राविधिक मनु लामाले गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९