राज शाही शनिबार, भाद्र २१, २०८२ मा प्रकाशित

नेपाली काँग्रेसका वडा इकाइ सभापतिको निधन भएको छ । निधन हुनेमा हुम्ला सिमकोट गाउँपालिका वडा नं ६ माथिल्लो गाउँ निवासी ऐटन रावत रहेका छन् । रावत लामो समय देखि क्यान्सर पीडित रहेका थिए।वडा इकाइ सभापति रावतको २० गते दिनको ३ वजे तिर आफ्नै घर सिमकोट गाउँपालिका वडा नं ६ मा निधन भएको हो ।

सिमकोट गाउँपालिका वडा नं ६ नेपाली काँग्रेसका वडा इकाइ सभापतिका ३ छोरा १ श्रीमती रहेकी छन् । निजको निधन प्रति नेपाली काँग्रेस जिल्ला कार्यवाहक सभापति कैलास भण्डारी,उपसभापति बसन्त रोकाया, सचिव कृष्णबहादुर बोहोरा लगायतले नेपाली काँग्रेस पार्टीको झण्डा ओडाइ अन्तिम श्रदान्जली व्यक्त गरेका थिए ।

निजको आत्मको चिर शान्तिको कामना गर्दै शोकाकूल परिवारजन प्रति इश्वरले धैरेधारण गर्ने शक्ति प्रर्दान गरुन भनी कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री एव रेडियो कैलास व्यवस्थापन समितिका अध्यक्ष जीवनबहादुर शाही सँगै रेडियो कैलास परिवारले  हार्दिक संवेदना समेत प्रकट गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९