राज शाही बिहिबार, भाद्र १९, २०८२ मा प्रकाशित

कर्णाली करिडोरको हुम्ला जिल्लामा पर्ने  सिमकोट खार्पु सिमकोट शिवमन्दिर खण्डको सडक अबरुद्ध भएको छ । माथिबाट पहिरो खसेर सडक पुरिएपछि यातायात सेवा पुर्ण रुपमा अबरुद्ध भएको हुन। सिमकोट शिवमन्दिरको तल रहेको सडकको माथिबाट पहिरो खसेर सडक पुरिएको छ । यसबाट दुवैतर्फ यातायात सेवा पुर्ण रुपमा बन्द भएका छन । पहिरो विहिवार दिनको साढे बार वजे तिर गएको हो । त्यसयता यातायात सेवा अबरुद्ध भएको छन ।

सडकको माथिबाट पहिरो आउदा पचास मिटर सडक पुरिएकोले सिमकोट सुर्खेत नेपालगंज र जिल्लाका अन्य भागमा जाने ५ वटा यातायातका साधन रोकिएका छन भने सिमकोटतर्फ आउने चार वटा सवारी साधन पनि सिमकोटकै थलहाल्न तर्फको सडकमा रोकिएका छन ।  पहिरोले सडकलाई ठुलो क्षेती पुर्याएको बताउदै त्यसको मर्मत नगर्दासम्म यातायात सेवा सुचारु हुने संभावन नरहेको बताइएको छ । यात्रुहरु भने पैदल हिडेर आउजाउ गर्न सुरु भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९