कर्णाली करिडोरको हुम्ला जिल्लामा पर्ने सिमकोट खार्पु सिमकोट शिवमन्दिर खण्डको सडक अबरुद्ध भएको छ । माथिबाट पहिरो खसेर सडक पुरिएपछि यातायात सेवा पुर्ण रुपमा अबरुद्ध भएको हुन। सिमकोट शिवमन्दिरको तल रहेको सडकको माथिबाट पहिरो खसेर सडक पुरिएको छ । यसबाट दुवैतर्फ यातायात सेवा पुर्ण रुपमा बन्द भएका छन । पहिरो विहिवार दिनको साढे बार वजे तिर गएको हो । त्यसयता यातायात सेवा अबरुद्ध भएको छन ।
सडकको माथिबाट पहिरो आउदा पचास मिटर सडक पुरिएकोले सिमकोट सुर्खेत नेपालगंज र जिल्लाका अन्य भागमा जाने ५ वटा यातायातका साधन रोकिएका छन भने सिमकोटतर्फ आउने चार वटा सवारी साधन पनि सिमकोटकै थलहाल्न तर्फको सडकमा रोकिएका छन । पहिरोले सडकलाई ठुलो क्षेती पुर्याएको बताउदै त्यसको मर्मत नगर्दासम्म यातायात सेवा सुचारु हुने संभावन नरहेको बताइएको छ । यात्रुहरु भने पैदल हिडेर आउजाउ गर्न सुरु भएको छ ।