शासकिय संवाद श्रृङखला कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले उक्त कार्यक्रम संचालन गरेको हो । अनौपचारीकरुपमा संचाल भएको कार्यक्रम हुम्ला जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, राजनैतिक दल लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा मुख्य गरी संघियतालाई कार्यान्वयन पाटोलाई पहिलो प्राथामिकतामा राखी कार्यक्रम संचालन गरिएको प्रशिक्षक डाक्टर भिस्म भुसालले बताएका छन् । संङ्घीयता सवलीकरण गर्न विभिन्न तहका सरकारको भुमिका, कार्य र वितिय सम्बन्धमा देखिएका समस्याहरु, योग्यता क्षमता र जवाफदेहिता सुनिश्चित गर्न निजामती सेवामा गर्नु पर्ने सुधारहरु, विश्वसनीय बजेट र प्रभावकारी सार्वजनिक खरिदका लागि सार्वजनिक खरिदका लागी सार्वजनिक वितिय व्यवस्थापनमा गर्नु पर्ने सुधारहरु, भ्रष्टचार रोकथाम तथा पारदर्शिता र जवाफदेहिता प्रवद्धन गर्दा सत्यनिष्ठा प्रणाली सुदृढ गर्ने उपायहरुका विषयमा छलफल गरियको थियो ।
त्यसै गरी राम्रो सेवा प्रवाह र नागरिक सहभागिताका लागि डिजिटल सुसासनको उपयोग गर्ने सम्बन्धमा देखिएका समस्याहरु, महिला सीमान्तकृत समुह र भौगोलिक रुपमा विकट स्थानमा रहेका जनसंख्याको लागी समावेशी शासन सुनिश्चित गर्ने उपायहरु, जोखिम कम गर्न र उत्थानशीलता सुधार गर्न विपद र जलवायु सुशासनको बृद्धि गर्ने उपायहरु,सुधारका प्रयत्नहरुलाई दिगो बनाउन र देखिने गरी सार्वजनिक सेवामा सुधार गर्न चाल्नुपर्ने कदमहरु र जनविश्वास हाँसिल गर्न र सेवाको गुणस्तर वृद्धि गर्न गरिएका राम्रा कामहरुको चर्चाका विषयमा सहभागी बीच छलफल तथा अन्तरक्रिया गरियो थियो ।