राज शाही बुधबार, भाद्र १८, २०८२ मा प्रकाशित

शासकिय संवाद श्रृङखला कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले उक्त कार्यक्रम संचालन गरेको हो । अनौपचारीकरुपमा संचाल भएको कार्यक्रम हुम्ला जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, राजनैतिक दल लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा मुख्य गरी संघियतालाई कार्यान्वयन पाटोलाई पहिलो प्राथामिकतामा राखी कार्यक्रम संचालन गरिएको प्रशिक्षक डाक्टर भिस्म भुसालले बताएका छन् । संङ्घीयता सवलीकरण गर्न विभिन्न तहका सरकारको भुमिका, कार्य र वितिय सम्बन्धमा देखिएका समस्याहरु, योग्यता क्षमता र जवाफदेहिता सुनिश्चित गर्न निजामती सेवामा गर्नु पर्ने सुधारहरु, विश्वसनीय बजेट र प्रभावकारी सार्वजनिक खरिदका लागि सार्वजनिक खरिदका लागी सार्वजनिक वितिय व्यवस्थापनमा गर्नु पर्ने सुधारहरु, भ्रष्टचार रोकथाम तथा पारदर्शिता र जवाफदेहिता प्रवद्धन गर्दा सत्यनिष्ठा प्रणाली सुदृढ गर्ने उपायहरुका विषयमा छलफल गरियको थियो ।

त्यसै गरी राम्रो सेवा प्रवाह र नागरिक सहभागिताका लागि डिजिटल सुसासनको उपयोग गर्ने सम्बन्धमा देखिएका समस्याहरु, महिला सीमान्तकृत समुह र भौगोलिक रुपमा विकट स्थानमा रहेका जनसंख्याको लागी समावेशी शासन सुनिश्चित गर्ने उपायहरु, जोखिम कम गर्न र उत्थानशीलता सुधार गर्न विपद र जलवायु सुशासनको बृद्धि गर्ने उपायहरु,सुधारका प्रयत्नहरुलाई दिगो बनाउन र देखिने गरी सार्वजनिक सेवामा सुधार गर्न चाल्नुपर्ने कदमहरु र जनविश्वास हाँसिल गर्न र सेवाको गुणस्तर वृद्धि गर्न गरिएका राम्रा कामहरुको चर्चाका विषयमा सहभागी बीच छलफल तथा अन्तरक्रिया गरियो थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९