राज शाही बिहिबार, भाद्र १२, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

महिला स्वास्थ्य स्वयम सेवीकालाई अभद्र व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय हुम्ला मार्फत जिल्ला सरकारी वकिल कार्यालय हुम्ला हुँदै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको छ । पीडितबाट अभद्र व्यवहारको जाहेरी जिल्ला प्रहरी कार्यालय हुम्लामा दर्ता भइ जिल्ला प्रशासन कार्यालय हुम्लाबाट ७ दिनको म्याद थप गरी अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासदमा राख्न अनुमित प्रर्दान भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाले यो ७ दिनको अवधीमा थप अनुसन्धान गरी जिल्ला प्रशासन कार्यालय हुम्ला पेश गर्ने हुम्ला जिल्ला प्रहरी प्रमुख DSP संकर पोखरेलले बताएका छन् । बाहिर मिडियामा आय जस्तो पीडितलाई जवरजस्ती करणी उद्योग नभएको र पीडितले अभद्र व्यवहार भएको जाहेरी दिएकाले सोही अनुसार अनुसन्धान भइ रहेको DSP पोखरेलले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय हुम्लाबाट म्याद थप गरिएका व्यक्तीहरुमा ताँजाकोट गाउँपालिका मैला वडा नं ३ मा स्थापित मैला स्वास्थ्य चौकी इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन् ।

अभद्र व्यवहारतर्फ कानूनी व्यवस्था 

मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को उपदफा(१) बमोजिम कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भनिएको छ । यदि कसैले सो विपरीत व्यवहार गरेमा मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को उपदफा २ बमोजिम  १ वर्षसम्म कैद वा दस हजार रुपैंया जरिबाना वा दुवै सजाय हुने कानूनी  व्यवस्था रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९