राज शाही मंगलबार, भाद्र १०, २०८२ मा प्रकाशित

हुम्ला जिल्लाका  संचालन गरिएको छ । गृह मन्त्रालयबाट खटाइएका प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी हुम्ला जिल्ला पुगे सँगै पत्रकारहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले संचालन गरेको उक्त कार्यक्रममा पत्रकारहरुले जिल्लाको सडक,नाकामा हुने अवैध कारोवार, सवारी भाडा, जिल्लाका सडकमा गुडाइने सवारी साधनको स्पिड, जिल्लामा डेट गएको सामानको विक्रि वतिरण, लगायतका विषयमा कुरा उठाएका थिए ।

जिल्लामा आएको २ दिन भएको  र यहाँका राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज, उद्योग बाँणिज्य संघ लगायत सँग अन्तरक्रिया कार्यक्रम संचालन गरि जिल्लाको बस्तुगत विवरणको अध्ययन गर्ने र त्यसपछि जिल्लाको बास्तविक अवस्था बुझ्नका लागी आफै जिल्ला दौउडामा लाग्ने समेत प्रमुख जिल्ला अधिकारी रेग्मीले बताएका छन् ।

सिमा पास, राष्ट्रिय परिचय पत्र वितरण कार्यलाई कानून संगतरुपमा स्थानियवासीलाई सहज गर्ने तिर पनि आफु लागी पर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताएका छन् ।उक्त कार्यक्रम मंगलबार दिनको ३ बजे जिल्ला प्रशासन कार्यलयमा संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९