नन्द सिंह मंगलबार, आषाढ ०९, २०७७ मा प्रकाशित

हुम्ला,
दुर्गम जिल्लाको सर्केगाड गाउँपालिकाकी महिलाहरु पारिवारिक विकास योजना र सामाजिक रुपमा सक्रिय देखिएका छन् । ५ वर्षेका लागि पारिवारिक विकास योजना निर्माण र सामाजिक काममा त्यहाँका महिला आफै सक्रिय देखिएका छन् ।

शिशुको आर्थिक सहयोग मिसन ईस्टको प्राविधिक सहयोग किर्डाक नेपाल र महिला कल्याण सेवाको साझेदारीमा संञ्चालित सामाथ्र्य परियोजना अन्तरगत गठित महिला समुहहरु पारिवारिक योजना बनाउन सामाजिक काममा जुटेका पाइएको छ ।

कोभिड–१९ लाई मध्यनजर गर्दै ५ वर्ष पारिवारिक विकास योजनामा सर्केगाड गाउँपालिका–४ दुल्लिस्थित सुनौलो बिहानी महिला शसक्तिकरण समुह जुटेको किर्डाक नेपालकी सामुदायिक सहजकर्ता पवित्रा देवकोटाले जानकारी दिइन् ।

उनले भनिन् पारिवारिक योजनामा महिलाहरु आर्थिक,राजनैतिक,सामाजिक र परिवारको जिवनस्तर सुधार गर्न साथै स्वास्थ्य शिक्षा रोजगार व्यापार र महिला अधिकार जस्ता विषय समेटेर योजना बनाउन जुटेको सामुदायिक सहजकर्ता देवकोटाले बताइन् ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ संक्रमणले गाउँघरमा समेत असर गर्न सक्ने भन्दै यसबाट जोगिन चुल्ला मेथा महिला समुह मुन्डिका महिला अघि बढेको किर्डाक नेपाल संस्थाकी सामुदायिक सहजकर्ता मञ्जु रावलले बताइन् । चुल्ला मेथाका महिला समुहका दिदी बहिनीहरु सामान्य कोभिड–१९ को संक्रमणबाट बच्न हात धुने तरिका,मास्क, लगाउने,सामाजिक दुरी कायम गर्न लगायतका विषयमा गाँउघरमा महिला सक्रिय देखिएको रावलको भनाई छ ।

सम्बन्धित

ताजा अपडेट
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९