राज शाही आइतबार, भाद्र ०८, २०८२ मा प्रकाशित

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको गुणस्तर परिक्षणमा हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका पहिलो भएको छ । उक्त गाउँपालिका  ८३ अंक प्राप्त गरी जिल्लाका ७ वटा गाउँपालिकामा पहिलो भएको खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीले बताएका छन् ।

यस अघि आर्थिक वर्ष ०८०।०८१ को स्थानिय तह संस्थागत क्षमता स्व मुल्याङकनलाई  जिल्ला समन्वय समितिको कार्यालय हुम्लाबाट गरेको   अन्तिम मुल्याङ्नलाई पुनरावलोकन गर्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको गुणस्तर परिक्षणवाट हुम्लाका ७ वटा स्थानीय तहको प्राप्तांक बमोजिम हुम्लाको खार्पुनाथ गाउँपालिका पहिलो भएको हो ।

जिल्ला समन्वय समितिको मुल्याङकनमा दोस्रो भए पनि मन्त्रालयको मुल्याङकनमा पहिलो भएको छ । यसै गरी उक्त मुल्याङकनमा सिमकोट गाउँपालिकाले ८२ अंक प्राप्त गरी दोश्रो, ८१.७५ अंक प्राप्त गरी नाम्खा तेश्रो, ७७ अंक प्राप्त गरी ताँजाकोट गाउँपालिका चौथो हुन सफल भएका छन् । सोही अनुसार अदानचुली गाउँपालिकाले ७५.२५, सर्केगाड गाउँपालिकाले ७३.५० र चंखेली गाउँपालिकाले  ६२.७५ अंक प्राप्त गरेका छन् ।

नतिजा प्राप्तिमा अहोरात्र खटिने सम्पुर्ण जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई खार्पुनाथ गाउँपालिकाले हार्दिक आभार समेत व्यक्त गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९