राज शाही बुधबार, भाद्र ०४, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को महिला संघले स्थानिय तहमा निर्वाचित महिलाहरुलाई सम्मान गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा २१ जना महिला सम्मानित भएका हुन । हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ, नाम्खा र सिमकोट गाउँपालिकामा निर्वाचित २१ जनी महिला सम्मानित भएकी हुन।

सम्मानित हुनेमा सिमकोट गाउँपालिका वडा नं १ बाट पेमा नाङसाल लामा, नानी कोइला कामी, दिफ भण्डारी, वडा नं ३ कल्पना लामा वडा नं ४बाट चमसरी शाही, वडा नं ५ बाट सरीता रावत, शुसिला रोकाया वडा नं ६ बाट गुयाला रावत, राजमति सुनार र विजय रोकाया रहेकी छन् । त्यसै गरी खार्पुनाथ गाउँपालिका वडा नं १ बाट सउरी बुढा, वडा नं २ बाट हिरकली दमाइ, वडा नं ३बाट लक्ष्मी कामी, छत्ता बुढा, तारा कुमारी शाही वडा नं ४ रंगमती शाही, जसमती शाही, दन्तकली कामी, पुतली टमटा वडा नं ५ बाट चिन बुमी र झुपुल्ली सुनार रहेकी छन् ।

निजहरुलाई सम्मान पत्र नेपाली काँग्रेस कर्णाली प्रदेश सदस्य एव हुम्ला जिल्ला पुर्व पार्टी सभापती  जयपती रोकायाको हातबाट हस्तान्तरण गरिएको थियो । २०७९ सालमा हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख मा नेपाली काँग्रेसको टिकट प्राप्त गरी महिला संघबाट स्थानिय तहमा निर्वाचित हुने महिलाहरुलाई नेपाल महिला संघ हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख ले बुधबार सम्मान गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९