राज शाही बुधबार, भाद्र ०४, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को महिला संघले स्थानिय तहमा निर्वाचित महिलाहरुलाई सम्मान गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा २१ जना महिला सम्मानित भएका हुन । हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ, नाम्खा र सिमकोट गाउँपालिकामा निर्वाचित २१ जनी महिला सम्मानित भएकी हुन।

सम्मानित हुनेमा सिमकोट गाउँपालिका वडा नं १ बाट पेमा नाङसाल लामा, नानी कोइला कामी, दिफ भण्डारी, वडा नं ३ कल्पना लामा वडा नं ४बाट चमसरी शाही, वडा नं ५ बाट सरीता रावत, शुसिला रोकाया वडा नं ६ बाट गुयाला रावत, राजमति सुनार र विजय रोकाया रहेकी छन् । त्यसै गरी खार्पुनाथ गाउँपालिका वडा नं १ बाट सउरी बुढा, वडा नं २ बाट हिरकली दमाइ, वडा नं ३बाट लक्ष्मी कामी, छत्ता बुढा, तारा कुमारी शाही वडा नं ४ रंगमती शाही, जसमती शाही, दन्तकली कामी, पुतली टमटा वडा नं ५ बाट चिन बुमी र झुपुल्ली सुनार रहेकी छन् ।

निजहरुलाई सम्मान पत्र नेपाली काँग्रेस कर्णाली प्रदेश सदस्य एव हुम्ला जिल्ला पुर्व पार्टी सभापती  जयपती रोकायाको हातबाट हस्तान्तरण गरिएको थियो । २०७९ सालमा हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख मा नेपाली काँग्रेसको टिकट प्राप्त गरी महिला संघबाट स्थानिय तहमा निर्वाचित हुने महिलाहरुलाई नेपाल महिला संघ हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख ले बुधबार सम्मान गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
सुक्रबारिय कार्यक्रम अन्तरगत हाजिरी जवाफ प्रतियोगिता
कर्णाली प्रदेशको हुम्ला जिल्लामा योगा गरी आरोग्य दिवस
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले जिल्ला सभामा 4D लाई आफ्नो अवधाराणाका रुपमा अगाडी सारे

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९