राज शाही बुधबार, भाद्र ०४, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हरितालिका तिजको अवसरमा परिचयात्मक र शुभकामना आदान प्रर्दान कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रम नेपाली काँग्रेसको भातृ संघ कर्णाली प्रदेश हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को महिला संघको  आयोजनामा संचालन भएको हो । आगामी भाद्र १० गते लाग्ने महिला दीदी वहिनीकोहरुको महान चाड हरितालिका तिजको अवसरमा उक्त कार्यक्रम संचालन गरिएको हो ।  खार्पुनाथ सिमकोट र नाम्खा गाउँपालिकाका महिला संघका वडा, गाउँपालिका र प्रदेश इकाइका पदाधिकारीको उपस्थित रहेको कार्यक्रमको अध्यक्ष महिला संघ प्रदेश ख का सभापति छपाल लामाको र प्रमुख आतिथ्य नेपाली काँग्रेस कर्णाली प्रदेश सदस्य एव नेपाली काँग्रेस हुम्ला पुर्व पार्टी सभापति जयपति रोकायाको रहेको थियो ।

भव्य र सव्यरुपमा संचालन भएको उक्त कार्यक्रममा हरितालिका तिज किन मनाइन्छ, कसरी मनाइन्छ, यसको उत्पती कसरी र कहाँबाट भएको हो । यो हरितालिका तिजमा बसिने ब्रर्तको महत्व विशेषता, दर भन्नाले के बुझिन्छ भन्ने बारेमा बिपिचिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु बस्नेत शाहीले प्रष्ट पारेकी थिइन।

हरितालिका तिजमा देखिने विकृति, विसंगती हटाउदै जानु पर्ने र यसका राम्रा पक्षलाई अगाल्नु पर्ने, यसको महत्व झल्केन कार्यक्रमलाई प्रथामिकता दिनु पर्ने, पारिवारिक जमघटमा मात्र नभई सामाजिक राजनैतिक तथा संस्थागत रूपमा समेत आयोजना गरिने तीज कार्यक्रमको समय अवधि प्रतिवर्ष लम्बिंदै छ भने अनावश्यक रूपले खर्चिलो समेत बन्दै गइरहेको छ । तीजको प्रमुख पक्ष गौण बन्दै अन्य पक्षले प्रमुख स्थान पाउँदै गइरहेको देख्दा यो पर्व नै विकृत हुने हो कि भन्ने आशंकाले चिन्तित हुनु स्वाभाविक देखिएको नेपाली काँग्रेस जिल्ला उपसभापति बसन्त रोकायाले  बताएका थिए ।

हिमालयपुत्री पार्वतीबाट  सुरु भएको मानिने तीजको परम्परा निकै पुरानो छ । हरितालिका तीजको व्रत पवित्र मन(वचनका साथ बस्दा अविवाहितले चिताएको वर पाइने तथा विवाहितहरूले आफ्ना पतिको दीर्घायु तथा सुस्वास्थ्य प्राप्त गर्ने परम्परागत मान्यता रहेको नेपाली काँग्रेसका कार्यवाह सभापति कैलास भण्डारीले  बताएका थिए ।

हरितालिका तिजमा बसिने ब्रर्तले श्रीमानको दिर्गायुको कामना मात्र नभइ मेरो श्रीमानले जाँड रक्सी नखावस, जुवातास नखेलोस, घरेलु हिम्सा, महिला हिंसा नगरोस, श्रीमानको आनीबानी सँगै आफ्नो पनि आनीवानीमा परिवर्तन होस, कुरिती कुसंगतीको सँगत नहोस भन्ने कामना गर्नु पर्ने  नेपाली काँग्रेस कर्णाली प्रदेश सदस्य जयपति रोकायाले  बताएका थिए ।

तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नु पर्ने र तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउन नहुने महिला संघ प्रदेश ख का सभापति छपाल लामाले  बताएकी थिइन ।

उक् कार्यक्रम नाच गान सहित भव्यरुपमा हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा नेपाली काँग्रेसको पार्टी कार्यालय विपी चिन्तन प्रतिष्ठानको कार्यालयमा संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९