राज शाही सोमबार, भाद्र ०२, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

नेकपा एमालेको ७ औ पुर्ण बैठकमा अन्य पार्टी परित्याग गरि १५ जना नेकपा एमाले प्रवेस गरेका छन् । नेकपा एमाले जिल्ला कमिटीका  अध्यक्ष ज्ञामी बुमीको अध्यक्षता र कर्णाली प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आतिथ्यमा संचालन भएको पुर्ण बैठकमा सिमकोट गाउँपालिका वडा नं २ का अन्य पार्टी परित्याग गरि १५ जना नेकपा एमाले प्रवेस गरेको नेकपा एमाले हुम्लाका उपाध्यक्ष प्रकास बहादुर शाहीले बताएका छन् ।

प्रवेस गर्नेमा  १० जना नेकपा माओवादी केन्द्रबाट रहेका छन् । जसमा पुन्च बोहोरा, गोर्ख बोहोरा, राजेन्द्र बोहोरा, पुने बोहोरा, सोवनकली सुनार, इक्सिला बोहोरा, हजारी सार्की, रामबहादुर रावल, गोफी रावल र ज्वाले रावल रहेका छन । ३ जना नेपाली काँग्रेसबाट नेकपा एमालेमा प्रवेस गरेका छन् । प्रवेस गर्नेमा  रवि भण्डारी, दन्त बोहोरा र नुन्दे बोहोरा रहेका छन् । २ जना जनता समाजवादी पार्टीबाट नेपाली काँग्रेसमा प्रवेस गरेका छन् ।सौरीकला बोहोरा, धुनमान सिह बोहोरा रहेका छन् ।

नेव प्रवेसीहरुले कोही कसैको दवावमा नपरी आफै सोत स्फुर्तरुपमा नेकपा एमाले प्रवेस गरेको बताएका थिए । नव प्रवेसीलाई नेकपा एमाले जिल्ला अध्यक्ष ज्ञामी बुमी, पुर्व सामाजिक विकास मन्त्री दल रावल, उपाध्यक्ष प्रकासबहादुर शाहीले फुलमाला टसी खादा अविर लगाइ भव्यरुपमा स्वागत गरेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९