राज शाही मंगलबार, आषाढ ०९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

विकट जिल्ला हुम्लामा ७ वटा गाउँ पालिका र ४४ वटा वडा रहेका छन् । हुम्ला जिल्लामा केही भई कोरोना भाइरस कोभिण्ड १९ भित्री हालेमा यहाँ उपचारको झिनो आशा रहेको छ । यसलाई भित्रीन नदिनका लागी जिल्लामा कार्यरत सरकारी तथा गैर सरकारी कार्यालय संगै हुम्ला जिल्लाबाट बाहिर नेपालगन्ज, सुर्खेत काठमाण्डौ लगाएतका सहरमा बस्दै आएका समाजसेवीहरुले विभिन्न स्वास्थ्य सामाग्रीको सहयोग गर्दै आएका छन् ।

यसै बिच खार्पुनाथ गाउँ पालिका वडा नं ५ याँङचु गाउँ निवासी फोटोग्राफर देबेन्द्र बहादुर शाहीले मंगलबार मात्रै जिल्लाका ७ वटै गाउँ पालिकालाई  राहत पुग्ने गरी स्वास्थ्य सामाग्रीको सहयोग गरेका छन् । विगत लामो समय देखि काठमाण्डौमा बस्दै आएका शाहीले यस अघि खार्पुनाथ गाउँ पालिकालाई कोरोना विरुद्धको स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।

आज पुन हुम्ला जिल्लाका ७ वटै गाउँपालिकाहरुका लागी स्वस्थ्य सामग्रीहरु संकलन गरी एक कार्यक्रम बिच जिल्लाका माननीय संसद रंगमती शाही मार्फत हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको फोटोग्राफर शाहीले बताएका छन् ।

सहयोग गरिएका स्वास्थय सामाग्रीहरुमा ३० थान पीपीईसेट, १ हजार थान सर्जिकल मास्क, ३० थान फेसेल सिट र ७०/७० थान साबुन रहेको छ । उक्त स्वास्थ्य सामाग्रीहरु प्रारम्भ सामाजिक सस्था, राष्टिय आविष्कार केन्द्र, छेवाड लामा, चन्दु थापा, राकेश शाही, श्रीजेश गौतम, ज्ञानेंद्र खडका लिलाराम र सिंगापुर निवासी ज़्हेंग लिनत्ते लगायतका व्यक्तिहरुले सहयोग गरेका छन् ।

फाउण्डेशनले यस अघि डोल्पा तथा दैलेख जिल्लाका सैब स्थानिय तह तथा डोटीका दुई स्थानिय तहमा बिभिन्न संघसस्थासग सहकार्य गरेर स्वास्थय सामाग्रीहरु पठाईसकेको छ भने दैलेख जिल्लामा कार्यरत पत्रकार साथीहरुलाई प्रेस ज्याकेट ३० थान, के ९५ मास्क ३० थान, फेसलसिट ३० थान, सेनिटाईजर ३० थान पठाईसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९