राज शाही आइतबार, भाद्र ०१, २०८२ मा प्रकाशित

शैक्षिक उपलब्धी सुधार योगदानका लागी माध्यामिक विद्यालयका विद्यालर्थीहरुलाई स्टेसनरीका सामाग्री वितरण गरिएको छ । उक्त सामाग्री कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (ख) को खार्पुनाथमा वितरण गरिएको हो । खार्पुनाथ गाउँपालिका वडा नं ५ मा रहेको मान्धारा माध्यामिक विद्यालय भकुण्डामा अध्यनरत कक्षा 8,९ र १० का विद्यार्थीको शैक्षिक गुणस्तर शुधार ल्याउनका लागी उक्त सामाग्री उपलब्ध गरिएको सोही विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताएका छन् ।

वडा अध्यक्ष एव उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतजंग शाहीको पहलमा नेपाली काँग्रेस जिल्ला पार्टी सभापती मोहन विक्रम सिंहको आर्थिक सहयोगमा प्रति विद्यार्थी ४ वटा कापी र ४ वटा कलम वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको नियमित बैठकको अवसर पारी उक्त विद्यालयमा अध्ययनरत ६३ जना विद्यार्थीलाई स्टेस्नरीका सामाग्री वितरण गरिएको हो ।

स्टेस्नरीका सामाग्री वितरणले विद्यार्थीको पठन पाठनमा रुची बढ्नुका साथै न्युन आयश्रोत भएका विद्यार्थीलाई थोरै भए पनि राहत पुगेको  शिक्षक अभिभावक संघका सदस्य कर्णजित शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९