शैक्षिक उपलब्धी सुधार योगदानका लागी माध्यामिक विद्यालयका विद्यालर्थीहरुलाई स्टेसनरीका सामाग्री वितरण गरिएको छ । उक्त सामाग्री कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (ख) को खार्पुनाथमा वितरण गरिएको हो । खार्पुनाथ गाउँपालिका वडा नं ५ मा रहेको मान्धारा माध्यामिक विद्यालय भकुण्डामा अध्यनरत कक्षा 8,९ र १० का विद्यार्थीको शैक्षिक गुणस्तर शुधार ल्याउनका लागी उक्त सामाग्री उपलब्ध गरिएको सोही विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताएका छन् ।

वडा अध्यक्ष एव उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतजंग शाहीको पहलमा नेपाली काँग्रेस जिल्ला पार्टी सभापती मोहन विक्रम सिंहको आर्थिक सहयोगमा प्रति विद्यार्थी ४ वटा कापी र ४ वटा कलम वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको नियमित बैठकको अवसर पारी उक्त विद्यालयमा अध्ययनरत ६३ जना विद्यार्थीलाई स्टेस्नरीका सामाग्री वितरण गरिएको हो ।

स्टेस्नरीका सामाग्री वितरणले विद्यार्थीको पठन पाठनमा रुची बढ्नुका साथै न्युन आयश्रोत भएका विद्यार्थीलाई थोरै भए पनि राहत पुगेको शिक्षक अभिभावक संघका सदस्य कर्णजित शाहीले बताएका छन् ।
