गत साउन ९ गते देखि अवरुद हुँदै आएको कर्णाली कोरिडोर संचालनमा आएको छ । कर्णाली कोरिडोर अन्तरगत पर्ने सिमकोट–खार्पु सडक आज बुधबारबाट सुचारु भएको हो । सो खण्डमा पर्ने मैनागाडा सडक पहिरोले पुरिएपछि यातायात सेवा १९ दिन देखि अवरुद्ध हुँदै आएको थियो। सो खण्डको मैनागाडामा सडकको स्तरोन्नति गर्ने क्रममा गत साउन ९ गते बेलुका पचास मिटरमाथिबाट पहिरो आएपछि सडक अवरुद्ध भएको थियो ।
५० मिटर सडक पहिरोमा पुरिएपछि १९ दिन देखि अरुद्ध हुँदै आएको सिमकोट खार्पु सडक बुधबारबाट संचालनमा आएको हो ।अवरुद्ध भएको सडकको मर्मत गर्ने कार्य पूर्वाधार विकास कार्यालय हुम्लाले गरेको सोही कार्यालयका लेखा अधिकृत नवीन शाहीले बताएका छन । सडकमा पहिरो जानुका साथै कडा चट्टानसमेत देखिएपछि निर्माणमा ढिलाइ भएको थियो । एक्साभेटरले बकेटबाट चट्टान फुटाउने र सडक सम्याउने कार्य भए पछि उक्त सडक संचालनमा आएको हो ।
सो क्षेत्रमा छ देखि आठ मिटरसम्म सडक चौडा गरिएको छ । यसले गर्दा लामो समय सडक अवरुद्ध हुँदै आएको हो । सो पहिरोमा एउटा एक्साभेटर पनि पुरिएको थियो ।