राज शाही मंगलबार, साउन २८, २०८२ मा प्रकाशित

नेपाली काँग्रेस हुम्लाले एक शोक वक्तव्य प्रकासित गरेको छ । उक्त शोक वक्तव्य नेपाली काँग्रेस जिल्ला कार्य समिति हुम्लाका कोषाध्यक्ष बबिता शाहीका काका, सिमकोट गाउँपालिका कार्यसमितिका पूर्व सभापति तथा नेपाल निजामति कर्मचारी यूनियन हुम्लाका पूर्व अध्यक्ष, सिमकोट–४ हिल्दुम निवासी अकिलबहादुर शाहीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै उक्त शोक वक्तव्य निकालेको नेपाली काँग्रेस हुम्लाका उपसभापति बसन्त रोकायाले बताएका छन् । 

स्वर्गीय शाही एक अभिभावक मात्र होइन, सत्य, न्याय र संगठन निर्माणको मार्गमा सदैव अग्रसर रहने एक कर्मयोगी भएको नेपाली काँग्रेस हुम्लाले जनाएको छ । उनले नेपाली काँग्रेसको आधार निर्माणमा पुर्याएको योगदान अमूल्य, अविस्मरणीय र प्रेरणादायी रहिरहने नेपाली काँग्रेस हुम्लाका कार्यवाहक सभापति कैलास भण्डारीले हस्ताक्षेरीत वक्तव्यमा बताइएको छ ।

उनका जीवन मूल्य र आदर्शहरू हामी सबैका लागि दिशानिर्देशक हुने छ भन्दै स्वर्गीय शाहीले देखाएको अनुशासन, ममता र विवेक भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने हाम्रो साझा सम्पत्ति भएको नेपाली काँग्रेस हुम्लाले जनाएको छ । यस शोकको घडीमा हामी स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, उनका परिवारजन, नातागोता, शुभेच्छुक तथा समस्त समाजमा परेको यस अपूरणीय क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दछौ भनि उक्त वक्तव्य नेपाली काँग्रेस हुम्लाले निकालेको हो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९