राज शाही सोमबार, साउन २७, २०८२ मा प्रकाशित

कर्णाली प्रदेशको खार्पुनाथ गाउँपालिकाका २ वटा विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।  शिक्षक, अभिभाव, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,सरोकारवाला निकाय लगायतको उपस्थितमा खार्पुनाथका २ वटा आधारभुत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरेको जानकारी प्राप्त भएको छ ।

जसमा खार्पुनागाउँपालिका वडा नं ५ स्यालाबाडा गाउँमा स्थापित जोगराज आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा तुलविर सुनारको अध्यक्षतामा ११ सदसिय र बिर्जन सुनारको अध्यक्षमा ५ सदसिय शिक्षक अविभावक संघ गठन गरिएको छ ।

त्यसै सोही गाउँपालिका वडा नं ३ कारङग गाउँमा स्थापित ज्ञानज्योती आधारभुत विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । उक्त विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा नरजन शाही सर्वसहमतरुपमा चयन भएका हुन । शाहीको अध्यक्षतामा ९ सदसिय विद्यालय व्यवस्थापन समिति र नरबहादुर शाहीको अध्यक्षतामा ११ सदसिय शिक्षक अभिभावक संघ गठन गरिएको सोही विद्यालयका प्रधानाध्यापक अकबहादुर शाहीले बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिको सदस्यमा ज्ञानबहादुर सुनार, बमबहादुर शाही, जुनेली सुनार, बसन्ती शाही लगायत सदस्य सचिवमा अकबहादुर शाही रहेका छन् । त्यसै गरी शिक्षक  अभिभावक संघको सदस्यमा रामजित सुनार, संककला शाही, पार्वती शाही लगातको रहेको सोही विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रमका अध्यक्ष एव सोही वडाका वडा सदस्य तारा शाहीले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९