राज शाही सोमबार, साउन २७, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेशको खार्पुनाथ गाउँपालिकाका २ वटा विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।  शिक्षक, अभिभाव, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,सरोकारवाला निकाय लगायतको उपस्थितमा खार्पुनाथका २ वटा आधारभुत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरेको जानकारी प्राप्त भएको छ ।

जसमा खार्पुनागाउँपालिका वडा नं ५ स्यालाबाडा गाउँमा स्थापित जोगराज आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा तुलविर सुनारको अध्यक्षतामा ११ सदसिय र बिर्जन सुनारको अध्यक्षमा ५ सदसिय शिक्षक अविभावक संघ गठन गरिएको छ ।

त्यसै सोही गाउँपालिका वडा नं ३ कारङग गाउँमा स्थापित ज्ञानज्योती आधारभुत विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । उक्त विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा नरजन शाही सर्वसहमतरुपमा चयन भएका हुन । शाहीको अध्यक्षतामा ९ सदसिय विद्यालय व्यवस्थापन समिति र नरबहादुर शाहीको अध्यक्षतामा ११ सदसिय शिक्षक अभिभावक संघ गठन गरिएको सोही विद्यालयका प्रधानाध्यापक अकबहादुर शाहीले बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिको सदस्यमा ज्ञानबहादुर सुनार, बमबहादुर शाही, जुनेली सुनार, बसन्ती शाही लगायत सदस्य सचिवमा अकबहादुर शाही रहेका छन् । त्यसै गरी शिक्षक  अभिभावक संघको सदस्यमा रामजित सुनार, संककला शाही, पार्वती शाही लगातको रहेको सोही विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रमका अध्यक्ष एव सोही वडाका वडा सदस्य तारा शाहीले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९