राज शाही आइतबार, साउन २६, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

एक महिना देखिको परेको अविरल वर्षाले कर्णाली प्रदेश हुम्ला जिल्लाको एक वटा विद्यालय भत्किएको छ । विद्यालय भत्किनेमा हुम्ला जिल्ला सर्केगाड गाउँपालिका वडा नं ७ रोडिकोट गाउँको रहेको छ । यस अघि माध्यामिक विद्यालय संचालन हुँदै आएको कोट माध्यामिक विद्यालयको आधारभुत तहको ६ कोठे दुइ तले भवन अविरल वर्षाले भत्किएको स्थानियवासी ओम प्रसाद जैसीले बताएका छन् ।

कोट माध्यामिक विद्यालय रोडिकोट आवासिय विद्यालयको नयाँ भवन निमार्ण गरी सिमाली भन्ने ठाउँमा सरेपछि उक्त विद्यालयको नाम कोट डाँडा आधारभुत विद्यालयको नामबाट कक्षा १ देखि ५ कक्षा सम्म हाल संचालन हुँदै आएको छ । गत साउन १९ गते राती परेको अविरल वर्षाले २ तले ६ कोठे भवन पर्णरुपमा भत्के पछि विद्यार्थी बाहिर चौरमा पठन पाठन गर्न वाध्य भएको जैसीले बताएका छन् ।

यस अघि माध्यामिक तहका लागी निर्माण गरिएका केही भवन पुराना र जिर्ण भएको, ति भवनमा साना बालबालिकालाई पठन पाठन गराउदा बालमैत्री नहँदा विद्यार्थीलाई असहज हुने गरेको जैसीले बताएका छन् । उक्त विद्यालयमा हाल १ सय ५० जना बालबालिका अध्ययन गर्दै आइ रहेका छन् । उक्त विद्यालय भवन पुनः निर्माणका लागी सरोकारवाला निकायलाई ध्यानाकर्ण गराइएको जैसीले बताएका हुन ।

छ कोठे २ तले भवन भत्कदा सो विद्यालय भित्र रहेका बालबालिका अध्यनका लागी प्रयोग हुने डेक्स वेन्च कार्पेट खेल सामाग्री सबै नष्ट भएको जैसीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९