राज शाही आइतबार, साउन २६, २०८२ मा प्रकाशित

एक महिना देखिको परेको अविरल वर्षाले कर्णाली प्रदेश हुम्ला जिल्लाको एक वटा विद्यालय भत्किएको छ । विद्यालय भत्किनेमा हुम्ला जिल्ला सर्केगाड गाउँपालिका वडा नं ७ रोडिकोट गाउँको रहेको छ । यस अघि माध्यामिक विद्यालय संचालन हुँदै आएको कोट माध्यामिक विद्यालयको आधारभुत तहको ६ कोठे दुइ तले भवन अविरल वर्षाले भत्किएको स्थानियवासी ओम प्रसाद जैसीले बताएका छन् ।

कोट माध्यामिक विद्यालय रोडिकोट आवासिय विद्यालयको नयाँ भवन निमार्ण गरी सिमाली भन्ने ठाउँमा सरेपछि उक्त विद्यालयको नाम कोट डाँडा आधारभुत विद्यालयको नामबाट कक्षा १ देखि ५ कक्षा सम्म हाल संचालन हुँदै आएको छ । गत साउन १९ गते राती परेको अविरल वर्षाले २ तले ६ कोठे भवन पर्णरुपमा भत्के पछि विद्यार्थी बाहिर चौरमा पठन पाठन गर्न वाध्य भएको जैसीले बताएका छन् ।

यस अघि माध्यामिक तहका लागी निर्माण गरिएका केही भवन पुराना र जिर्ण भएको, ति भवनमा साना बालबालिकालाई पठन पाठन गराउदा बालमैत्री नहँदा विद्यार्थीलाई असहज हुने गरेको जैसीले बताएका छन् । उक्त विद्यालयमा हाल १ सय ५० जना बालबालिका अध्ययन गर्दै आइ रहेका छन् । उक्त विद्यालय भवन पुनः निर्माणका लागी सरोकारवाला निकायलाई ध्यानाकर्ण गराइएको जैसीले बताएका हुन ।

छ कोठे २ तले भवन भत्कदा सो विद्यालय भित्र रहेका बालबालिका अध्यनका लागी प्रयोग हुने डेक्स वेन्च कार्पेट खेल सामाग्री सबै नष्ट भएको जैसीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९