राज शाही बिहिबार, साउन २३, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेश हुम्ला जिल्लामा एक जना १५ वर्षिया बालिका वेपत्ता भएकी छन् । वेपत्ता हुनेमा हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँकी रहेकी छन् । सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँ निवासी जिवन ऐडी छोरी कोट माध्यामिक विद्यालय सिमालि रोडिकोटमाकक्षा ९ मा अध्ययनरत बालीका कमला ऐडी गत साउन १७ गतेबाट हराएको निलकण्ठा आधारभुत विद्यालयका शिक्षक ओमप्रसाद जैसीले बताएका छन् ।

करिव ८।९ घण्टाको पैदल दुरीमा रहेको पुदाले लेखमा भेडीगोठालालाई खाना खर्च पुराउन लेखमा गएकी नाबालिका फर्कने क्रममा बाटोमा हराएको शिक्षक जैसीले बताएका छन् । फोन सम्पर्क लेखमा नभए पछि लेखमै बसेकी होलिन भन्ने घर परिवारलाई लागेको र लेखमा रहेका गोठालाले घरमा पुगी सकि होलिन भन्ने लागे पछि निज बालिका ४ दिन देखि हराएको जानकारी प्राप्त भएको छ ।

निज नावालिका लेखमा रहेका गोठालालाई खानखर्च पुराएर घर फर्कने क्रममा वेपत्ता भएको शिक्षक जैसीले बताएका छन् । खोजी कार्यका लागी सरोकारवाला निकायले सहयोग गरिदिन घर परिवारले हारगुहार गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९