राज शाही मंगलबार, साउन २१, २०८२ मा प्रकाशित

महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखी तालिम सुरु भएको छ । ३ दिन सम्म संचालन हुने उक्त तालिम जिल्लाको सदरमुकाम सिमकोटमामा मंगलबारबाट सुरु भएको छ । सिमकोट गाउँपालिका वडा नं ४ का लागी संचालन भएको उक्त तालिममा सोही वडाका जनप्रतिनिधि, महिला स्वयमसेवीका, स्वास्थ्यकर्मी, शिक्षकहरुको उपस्थित रहेको छ ।

मंगलबार विहान १० बजेबाट हुम्लाको मानसरोवर होटलमा संचालन भएको तालिममा महिला र पुरुषको प्रजनन अंग, सामाजिक र प्राकृति लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको समनताको बारेमा अष्ट्रिलिया साझेदारी संस्थाका कार्यक्रम संयोजक डिचेन डोल्कार लामाले प्रशिक्षण गराएकी थिइन । छाउ हुँदाका बखत प्याड व्यवस्थापन, व्यक्तिगत सरसफाइ, छुवाछुत लगायतका विषयमा उक्त तालिममा सिकाइएको थियो । बुधबार स्थानिय स्तरको सेनेटरी प्याड उत्पादन गर्ने विषयमा तालिम दिइने सोही संस्थाका संयोजक छपाल दोर्जे लामाले बताएका छन्

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९