राज शाही मंगलबार, आषाढ ०९, २०७७ मा प्रकाशित

हुम्ला

विकट जिल्ला हुम्लामा ७ वटा गाउँ पालिका र ४४ वटा वडा रहेका छन् । हुम्ला जिल्लामा केही भई कोरोना भाइरस कोभिण्ड भित्री हालेमा यहाँ उपचारको न्युन आशा रहेको छ । यसलाई भित्रीन नदिनका लागी जिल्लामा कार्यरत सरकारी तथा गैर सरकारी कार्यालय संगै हुम्ला जिल्लाबाट बाहिर नेपालगन्ज काठमाण्डौ जस्ता सहरमा बस्दै आएका व्यत्तित्वहरुले विभिन्न स्वास्थ्य सामाग्रीको सहयोग गर्दै आएका छन् ।

यसै बिच खार्पुनाथ गाउँ पालिका वडा नं ५ निवासी फोटोग्राफर देबेन्द्र बहादुर शाहीले मंगलबार मात्रै जिल्लाका ७ वटै गाउँ पालिकालाई थोरै भए पनि राहत पुग्ने गरी स्वास्थ्य सामाग्रीको सहयोग गरेका छन् । विगत लामो समय देखि काठमाण्डौमा बस्दै आएका शाहीले यस अघि खार्पुनाथ गाउँ पालिकालाई कोरोना विरुद्धको स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।

आज पुन हुम्ला जिल्लाका सबै गाउँपालिकाहरुका लागी स्वस्थ सामग्रीहरु संकलन गरी एक कार्यक्रम बिच जिल्लाका माननीय संसद रंगमती शाही मार्फत हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको शाहीले बताएका छन् ।

हुम्लाका ७ वटै गाउँ पालिकाहरुका लागी सामाग्री काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि माननीय संसद रंगमती शाहीको हातबाट हस्तान्त्रण गरेको फोटोग्राफर शाहीले बताएका छन् ।

सहयोगी संस्था तथा व्यक्तीलाई शाहीले धन्यवाद दिदै सहयोग गर्ने संस्थाहरुमा प्रारंभ सामाजिक संस्था , मंघारी फाउंडेशन भरत बंधू, आनी छोईंग डोलमा फाउंडेशन , आनी छोईंग , बद्री राज तिमिल्सिना , कल्पना , पर्यटन बेवसायि अमर बहादुर शाही , मीम हमाल, जनक  राज  , तेसै गरी छेवाङ लामा , राकेश शाही, पत्रकार मित्र अब्दुल्लाह, श्रीजेश गौतम जी , ज्ञानेंद्र खडका, मोहन सत्याल, संपूर्ण मानकरी व्यक्तित्वहरुको सहयोगमा संभव भएको हो भन्दै फोटो ग्राफर शाहीले हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९