राज शाही मंगलबार, आषाढ ०९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

विकट जिल्ला हुम्लामा ७ वटा गाउँ पालिका र ४४ वटा वडा रहेका छन् । हुम्ला जिल्लामा केही भई कोरोना भाइरस कोभिण्ड भित्री हालेमा यहाँ उपचारको न्युन आशा रहेको छ । यसलाई भित्रीन नदिनका लागी जिल्लामा कार्यरत सरकारी तथा गैर सरकारी कार्यालय संगै हुम्ला जिल्लाबाट बाहिर नेपालगन्ज काठमाण्डौ जस्ता सहरमा बस्दै आएका व्यत्तित्वहरुले विभिन्न स्वास्थ्य सामाग्रीको सहयोग गर्दै आएका छन् ।

यसै बिच खार्पुनाथ गाउँ पालिका वडा नं ५ निवासी फोटोग्राफर देबेन्द्र बहादुर शाहीले मंगलबार मात्रै जिल्लाका ७ वटै गाउँ पालिकालाई थोरै भए पनि राहत पुग्ने गरी स्वास्थ्य सामाग्रीको सहयोग गरेका छन् । विगत लामो समय देखि काठमाण्डौमा बस्दै आएका शाहीले यस अघि खार्पुनाथ गाउँ पालिकालाई कोरोना विरुद्धको स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।

आज पुन हुम्ला जिल्लाका सबै गाउँपालिकाहरुका लागी स्वस्थ सामग्रीहरु संकलन गरी एक कार्यक्रम बिच जिल्लाका माननीय संसद रंगमती शाही मार्फत हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको शाहीले बताएका छन् ।

हुम्लाका ७ वटै गाउँ पालिकाहरुका लागी सामाग्री काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि माननीय संसद रंगमती शाहीको हातबाट हस्तान्त्रण गरेको फोटोग्राफर शाहीले बताएका छन् ।

सहयोगी संस्था तथा व्यक्तीलाई शाहीले धन्यवाद दिदै सहयोग गर्ने संस्थाहरुमा प्रारंभ सामाजिक संस्था , मंघारी फाउंडेशन भरत बंधू, आनी छोईंग डोलमा फाउंडेशन , आनी छोईंग , बद्री राज तिमिल्सिना , कल्पना , पर्यटन बेवसायि अमर बहादुर शाही , मीम हमाल, जनक  राज  , तेसै गरी छेवाङ लामा , राकेश शाही, पत्रकार मित्र अब्दुल्लाह, श्रीजेश गौतम जी , ज्ञानेंद्र खडका, मोहन सत्याल, संपूर्ण मानकरी व्यक्तित्वहरुको सहयोगमा संभव भएको हो भन्दै फोटो ग्राफर शाहीले हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९