नेपाली काँग्रेस जिल्ला सम्मेलनको दोश्रो दिन शनिवार प्रशिक्षण कार्यक्रम संचालन भएको थियो । नेपाली काँग्रेसका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस जिल्ला सभापति मोहन विक्रम सिंहको र प्रमुख आतिथ्य कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जिवनबहादुर शाहीको रहेको कार्यक्रम शनिवार दिनको १२ वजेबाट संचालन भएको थियो ।

नेपाली काँग्रेस केन्द्र देखि वडा इकाइ सम्मका पदाधिकारीको उपस्थित रहेको कार्यक्रमलाई नेपाली काँग्रेसका जिल्ला सभापती मोहन विक्रम सिंह,उपसभापति बसन्त रोकाया र महासमिति सदस्य राजबहादुर रोकायाले प्रशिक्षण गराएका थिए ।

प्रशिक्षणका क्रममा नेपाली काँग्रेस हुम्ला जिल्ला पार्टी सभापती मोहन विक्रम सिंहले नेपाली काँग्रेसको वडा देखि प्रदेश जिल्ला हुँदै केन्द्र सम्मको संगठानिक अवस्थाका बारेमा बताउनुका साथै नेपाली काँग्रेसको मेरुदण्ड भनेकै भात्री संगठन भएको र यसलाइ चलायमान बनाउनका लागी नेपाली काँग्रेस सदैव लागी पर्ने बताएका थिए ।नेपाली काँग्रेसका क्रियासिल सदस्यता बढाउनका लागी नेपाली काँग्रेस वडा तह देखि केन्द्र सम्म लागी पर्नु पर्ने, पार्टी संगठन गठन भएका वडा पालिका, प्रदेशमा चलायमान बनाउने, नभएका ठाउँमा गठन गर्नु पर्ने उक्त प्रशिक्षणका क्रममा सभापति सिंहले बताएका थिए ।

नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय हुम्लाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति बसन्त रोकायाले विपि र लोकतान्त्रिक समाजवाद, म काँग्रेस, मैले काँग्रेसबारे किन बुझ्नु पर्छ, नेपाली काँग्रेसको प्रतिक चिन्न र तिनको अर्थ,चार ताराको अर्थ, चुनाव चिन्ह रुख, नेपाली काँग्रेसको आदर्स,सिदान्त, राष्ट्रियता, लोकतन्त्र र समाजबाद, लोकतन्त्रका आधारमा शिदान्त लगायतका विषयमा उपस्थित विच प्रशिक्षण गराएका थिए ।

नेपाली काँग्रेस हुम्लाको आयोजनामा दुइ दिन सम्म संचालन भएको जिल्ला भेलाको दोश्रो दिन प्रशिक्षणका क्रममा नेपाली काँग्रेस महासमिति सदस्य राजबहादुर रोकायाले, संगठनको शातब्धिक अर्थ, काँग्रेसको संघगठनात्मक अवस्था, सत्तामा रहँदाका पहुँच र उपलब्धि, छाति भित्र मुटु, मुटु भित्र नेपाली काँग्रेस, संगठनका वा संगठनका लागी के आवश्यक हुन्छ लगायतका विषयमा प्रशिक्षण गराएका थिए।

उक्त कार्यक्रममा कर्णाली प्रदेश खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालयका मन्त्री विजया बुढा, नेपाली काँग्रेस हुम्लाका पुर्व पार्टी सभापति जयपति रोकाया, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, ताँजाकोट गाउँपालिका उपाध्यक्ष सुरेन्द्र थापा, नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा, सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया, वडा अध्यक्ष, महासमिति सदस्य पदमबहादुर लामा लगायतका व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।