राज शाही शनिबार, साउन १८, २०८२ मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्लामा आर्थिक वर्ष २०८१।०८२ को प्रगति समिक्षा कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रम पुर्वधारविकास कार्यालय हुम्लाले गरेको हो । उक्त कार्यालयले आर्थिक वर्ष ०८१।०८२ मा संचालन गरेका ५७ योजना मध्य ४४ वटा योजनाका काम सम्पन्न गरेको पाइएको छ । सडक, झुलुङगे पुल, वेलि वृज तथा  आवास भवन निर्माण लगायतका क्षेत्रमा गरेको कामको प्रगति विवरणको समिक्षा सरोकारवाला निकाय,पत्रकार, नागरिक समाज लगाएतको उपस्थितमा शनिवार विहान १० बजे जिल्ला समन्वय समितिको  सभाहलमा  संचालन गरेको थियो ।

सोही समिक्षा कार्यक्रममा आर्थिक वर्ष ०८१।०८२ मा चालु तर्फ, १ करोड २२ लाख  विनियोजन भएकोमा,  खर्च तर्फ १ करोड १३ लाख २२ हजार रुपैंया खर्च भइ प्रगति ९२.८० प्रतिसत भएको पाइएको छ ।  पुजिगत तर्फ ८५ करोड ६३ लाख बजेट प्राप्त भएकोमा ५३ करोड ७० लाख १९ हजार रुपैंया खर्च हुँदा ६२.७१ प्रतिसत खर्च भएको पाइएको छ । त्यसै गरी संघिय अनुदान तर्फ ६८ लाख रुपैंया  प्राप्त भएकोमा ८ लाख १० हजार  खर्च भइ ११.९१ प्रतिसत खर्च भएको पाइएको हो । यसरी चालु, पुजिगत र ससर्त अनुदान तर्फको जम्मा प्राप्त बजेट ८६ करोड ८५ लाख मध्य ५४ करोड ८३ लाख ४३ हजार बार्षिक खर्च भइ ६३. १४ प्रतिसत जम्मा बजेट खर्च भएको सोही कार्यालय प्रमुख नरेश राज जोसीले   बताएका थिए ।

लेखा अधिकृत नविन शाहीले स्वागत मन्तव्य यसरी राखेको कार्यक्रमको अध्यक्षता  जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराको रहेको कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह, चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, ताँजाकोट गाउँपालिका उपाध्यक्ष सुरेन्द्र थापा, नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा,  प्रमुख जिल्ला अधिकारी नारायण पाँण्डेय, प्रहरी प्रमुख संकर पोखरेल, वडा अध्यक्ष, सरकारी वकिल सिलुका लङथेप लगायतका जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा जिल्ला स्थित नेपाली काँग्रेस पार्टी सचिव कृष्णबहादुर बोहोरा, नेकपा एमाले उपाध्यक्ष प्रकास बहादुर शाही, नेकपा माओवादी, रा स्व पाका वुधे वुढा लगाएतका प्रमुख एव प्रतिनिधिको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९