राज शाही शुक्रबार, साउन १७, २०८२ मा प्रकाशित

राष्ट्रियता,लोकतन्त्र र समाजबाद भन्ने मुल मन्त्रका साथ नेपाली काँग्रेस हुम्लाको जिल्ला सम्मेलन सुरु भएको छ । २ दिनसम्म चल्ने सम्मेलनको सुक्रबार जिल्लाको सदरमुकाम सिमकोटमा पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जिवनबादुर शाहीले रुखमा पानी हाली उद्घाटन गरेका थिए । नेपाली कांग्रेस हुम्लाका वडा इकाइ, पालिका इकाइ. प्रदेश इकाइ र जिल्ला पार्टी कार्यालयले गरेका प्रगती समिक्षा गरिएको थियो । त्यसै गरी भातृ संगठनले गरेका प्रगति विवरणको पनि समिक्षा गरिएको थियो ।

हुम्ला जिल्लाका ७ वटा गाउँपालिकका ४४ वटै वडाका वडा इकाइ सभापति पदाधिकारी, ७ वटा गाउँपालिकाका नेपाली काँग्रेस पालिका सभापति सँगै पदाधिकारी, २ वटा प्रदेशका सभापति सँगै पदाधिकारी, कर्णाली प्रदेशका जलश्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाको समेत उपस्थित रहेको कार्यक्रमको अध्यक्ष नेपाली काँग्रेसका जिल्ला सभापती मोहन विक्रम सिहको उपस्थित रहेको थियो । २ दिन सम्म संचालन हुने सम्मेलमा शनिवार प्रशिक्षण कार्यक्रम संचालन हुने जानकारी नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय हुम्लाले जनाएको छ ।

उक्त सम्मेलनमा जिल्ला पार्टीले गरेको कामको समीक्षा र आगामी कार्ययोजनाबारे जानकारी दिने उद्देश्यले सम्मेलन गरिएको जिल्ला सह सचिव कृष्णबहादुर बोहराले बताएका छन्  । जिल्ला समन्वय समितिको सभाहलमा  बिहान साढे ११ बजेबाट सुरु भएको सम्मेलनमा हुम्लाका दुइ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू सहभागी भएका छन्  । सम्मेलनले जिल्लामा सङ्गठनको अवस्था, सुधार गर्नुपर्ने पक्षहरू र पार्टीको भावी रणनीतिका विषयमा छलफल गरी निर्णयहरू गर्ने जिल्ला उपसभापति बसन्त रोकायाले जानकारी दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९