राज शाही शुक्रबार, साउन १७, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

राष्ट्रियता,लोकतन्त्र र समाजबाद भन्ने मुल मन्त्रका साथ नेपाली काँग्रेस हुम्लाको जिल्ला सम्मेलन सुरु भएको छ । २ दिनसम्म चल्ने सम्मेलनको सुक्रबार जिल्लाको सदरमुकाम सिमकोटमा पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जिवनबादुर शाहीले रुखमा पानी हाली उद्घाटन गरेका थिए । नेपाली कांग्रेस हुम्लाका वडा इकाइ, पालिका इकाइ. प्रदेश इकाइ र जिल्ला पार्टी कार्यालयले गरेका प्रगती समिक्षा गरिएको थियो । त्यसै गरी भातृ संगठनले गरेका प्रगति विवरणको पनि समिक्षा गरिएको थियो ।

हुम्ला जिल्लाका ७ वटा गाउँपालिकका ४४ वटै वडाका वडा इकाइ सभापति पदाधिकारी, ७ वटा गाउँपालिकाका नेपाली काँग्रेस पालिका सभापति सँगै पदाधिकारी, २ वटा प्रदेशका सभापति सँगै पदाधिकारी, कर्णाली प्रदेशका जलश्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाको समेत उपस्थित रहेको कार्यक्रमको अध्यक्ष नेपाली काँग्रेसका जिल्ला सभापती मोहन विक्रम सिहको उपस्थित रहेको थियो । २ दिन सम्म संचालन हुने सम्मेलमा शनिवार प्रशिक्षण कार्यक्रम संचालन हुने जानकारी नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय हुम्लाले जनाएको छ ।

उक्त सम्मेलनमा जिल्ला पार्टीले गरेको कामको समीक्षा र आगामी कार्ययोजनाबारे जानकारी दिने उद्देश्यले सम्मेलन गरिएको जिल्ला सह सचिव कृष्णबहादुर बोहराले बताएका छन्  । जिल्ला समन्वय समितिको सभाहलमा  बिहान साढे ११ बजेबाट सुरु भएको सम्मेलनमा हुम्लाका दुइ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू सहभागी भएका छन्  । सम्मेलनले जिल्लामा सङ्गठनको अवस्था, सुधार गर्नुपर्ने पक्षहरू र पार्टीको भावी रणनीतिका विषयमा छलफल गरी निर्णयहरू गर्ने जिल्ला उपसभापति बसन्त रोकायाले जानकारी दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९