नन्द सिंह मंगलबार, आषाढ ०९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला,
जिल्लाको मुख्य रैथाने अन्नबाली रुपमा प्रख्यात चिनु प्रति वर्ष १८ करोड भन्दा बढी उत्पादन हुने गरेको छ ।
हुम्ला जिल्लामा ७८ हेक्टर क्षेत्रफलमा रैथाने बाली चिनुको खेति गरिदै आएको छ । भने यसबाट प्रति वर्ष हुम्लीहरुले एक सय ८१ मेट्रिक टन चिनु उत्पादन हुदै आएको कृषि विकास कार्यालय हुम्लाले जनाएको छ ।

चिनुको स्थानीय बजार मुल्य प्रति क्वीन्टल १० हजार रहेको जिल्ला कृषि कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्र भुषण झाले बताए । जिल्लामा झण्डै १८ करोड बराबरको रैथाने चिनु बाली उत्पादन हुुने गरेको कार्यालय प्रमुख झाको भनाई छ ।
चिनको चामलबाट पोषण युक्त खानाको परिकारका साथै विभिन्न प्रकारका खानपान हुने गरेको नाम्खा गाउँपालिका–३ स्थानीय कुसाङ्ग लामाले बताइन् ।

जिल्लामा रोतो कपडे,दुधे,कालो भाङग्रे तिन मासे जस्ता विभिन्न प्रकारका रैथाने चिनुबाली उत्पादन हुने लामाले बताइन ।
यो अन्न मात्रै नभएर गे्रनथेरापीको एक उत्कृष्ट र अब्बल बालीको रुपमा चिनिदै आएको छ । जिल्लाका सात वटै गाउँपालिकाहरुमा रैथाने बाली चिनु उत्पादन हुन गरेको छ । रैथाने चिनु बालीको धेरै महत्व रहेपनि प्राकृतिक जैविक सम्पदाका अनमोल रत्नको रुपमा रहेपनि संरक्षण गर्न सकेमा कृषि पर्यटनको मुख्य श्रोत बन्ने देखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९