राज शाही बुधबार, साउन १५, २०८२ मा प्रकाशित

नेपाल विद्यार्थी संघ हुम्ला काठमाण्डौ सम्पर्क समिति द्धारा एस इइका विद्यार्थीहरुलाई बधाइ तथा सम्मान कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रम साउन १० गते नेपाल  प्रज्ञा प्रतिष्ठिन, कमलादीमा नेपाल विद्यार्थी संघ हुम्ला काठमाडौ सम्पर्क समिती द्वारा आयोजना गरिएको हो । सतल रोकायाको अध्यक्षता र नेपाली काँग्रेस हुम्ला जिल्ला पुर्व सभापति जयपति रोकायाको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रममा नेपाली काँग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघ प्रति आस्तवान देशै भरका नेता तथा कार्यकर्ताको उपस्थित रहेको रोकायाले बताएका छन् ।

विशिष्ट अतिथीको रुपमा रम्बा शाही र शुशिला रोकाया रहेको कार्यक्रमा नेपाल विद्यार्थी संघ चलायमान बनाउनका लागी नेवि संघका नेता तथा कार्यकर्ताको अहम भुमिका रहेको र जिल्ला जिल्लामा आफ्नो संगठन विस्तार गरी जनताका जल्दा बल्दा आवाजलाई बुलन्द पार्नु पर्नेमा जोड दिएको जानकारी प्राप्त भएको छ । सोही कार्यक्रममा बोल्ने वक्ताले नेपाली काँग्रेस भित्र एक अर्कामा दोषारोपण नगरी एक ढिक्का भएर लाग्नु पर्नेमा पनि जोड दिएको संयोजक सतल रोकायाले बताएका छन् ।

सोही कार्यक्रमा हुम्लाका ४० एस इइ पास गरेका विद्यार्थी र काठमाण्डौ जिल्ला अदालत बार एसोसियसनको निर्वाचनमा निर्वाचित सदस्य  अधिवक्ता रामबहादुर शाहीलाई बधाइ तथा सम्मान गरिएको रोकायाले बताएका छन् । उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघ हुम्लाका अध्यक्ष धर्मराज जैसीले नेपाल विद्यार्थी संघ हुम्ला काठमाण्डौ सम्पर्क समितिलाई आगमी दिनमा चलायमन बनाउन आफ्नो साथ सहयोग संधै रहिरहने बताएका थिए ।  उक्त कार्यक्रम संचालनका लागी आर्थिक सहयोग सहित साथ सपोट गर्ने सम्पूर्ण व्यक्तिहरुमा हार्दिक धन्यवाद  दिदै  आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा संचालन हुने गर्ने संयोजक रोकायाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९