सिर्जनाको सम्मान प्रतिभा पहिचान अन्तरगत सातौ संकरण २०८२ सम्पन्न भएको छ । उक्त संस्करण वालमन्दिर स्टारका लागी संचालन भएको थियो । २०८२ सालमा ४ पटक संचालन भएको उक्त संस्करणको पहिलो पटकको संस्करणमा ५७ जनाले सहभागिता जनाएका थियो । दोश्रो संस्करणमा आइ पुग्दा २० जना छनौट भएका थिए । तेश्रो चरणको संस्करणमा १० जना छनौटमा परेका मध्य आज चौथो चरणको छनौटमा ५ जना ले उक्त संस्करणमा भाग लिएका थिए ।

५ जना मध्य प्रथम हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं मा स्थापित बालमन्दिर माध्यामिक विद्यालय सिमकोटमा कक्षा १० मा अध्यनरत छात्र बखत सुनार बालमन्दिर स्टार भएको शिक्षक मधु बस्नत शाहीले बताएकी छन् । बालमन्दिरकै कक्षा १० मा अध्ययनरत दिपेश सुनार दोश्रो, कक्षा ९ की सर्मिला शाही तेश्रो र कक्षा ९ की अरुनिमा पुनमगर चौथो र कक्षा ८ की अनिसा लामा पाँचौ बालमन्दिर स्टार भएको शिक्षक शाहीले बताएकी छन् । प्रथम, दितिय, तृतिय, चौथो र पाँचौ बालमन्दिर स्टार हुनेलाई नगद तथा प्रमाण पत्र ट्रफी समेत उपलब्ध गराइएको थियो ।

मंगलबार संचालन भएको बालमन्दिर स्टार कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, विद्यालय व्यवस्थापन समितिका धर्मराज बोहोरा, शिक्षक अभिभावक संघका अध्यक्ष गोर्ख भण्डारी, शिक्षा विकास तथा समन्वय इकाइ योज्ञस आलेमगर, शिक्षकोट गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्ण आचार्य, वडा नं २ का अध्यक्ष देवजन बोहोरा, वडा नं ५ का वडा अध्यक्ष चिन बोहोरा र ६ का वडा अध्यक्ष नन्द रावत, मुल्याङकन कर्ताका रुपमा स्थानिय कलाकार मानबहादुर थापा, छपाल लामा, मधु वस्ने शाही, जयबहादुर वम र रविन महत रहेका थिए । उक्त संस्करणको अध्यक्षता सोही विद्यालयका प्रधानाध्यापक कैलास रोकायाको र प्रमुख आतिथ्य सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको रहेको थियो ।