राज शाही मंगलबार, साउन १४, २०८२ मा प्रकाशित

कर्णाली प्रदेश हुम्ला जिल्ला  चंखेली गाउँपालिकाको लोती कर्णालीनदी माथी निर्माण भएको बेलिब्रीजको कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीले उत्घाटन गरेका छन् । सोही गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षता र कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पुर्व मुख्य मन्त्री शाहीले सो वेलीवृज माथी आफै सवारी साधन चलाएर उक्त वेलिवृजको उत्घाटन गरेका थिए ।

उद्घाटनसंगै औपचारिकरुपमा चङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोती कर्णाली नदीमा बेलिब्रिज निर्माणपछि मुगु र हुम्ला सडक सञ्जालसँग जोडिको, बेलिब्रिज निर्माणले अब सिधै मुगु जिल्ला भएर अन्यत्र जान सकिने बाटो खुलेको, यसअघि मुगुको गमगडीदेखि हुम्लाको सलीसल्लासम्म ग्रामीण पहुँच कार्यक्रम (र्याप थ्री) सडक निर्माण गरेको भए पनि चङ्खेली गाउँपालिकाको लोती कर्णालीमा पुल निर्माण नगरिँदा नदी वारि र पारि बस्नुपर्ने अवस्था  आजबाट अन्त्य भएको    नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य शाहीले बताएका थिए  ।

नदीको वारिपारि झरेका यात्रु दुवैतिर जान तुइनको सहारा लिनुपर्ने अवस्था थियो । अब बेलिब्रिज सञ्चालनमा आउँदा तुइनसमेत विस्थापित भएको र यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताएका छन् ।   सात महिनामा लोती कर्णालीमा बेलिब्रिजको निर्माण सम्पन्न भएर प्रयोगमा आएको छ । बेलिब्रिजको निर्माणले हुम्लाबाट पर्यटकीय स्थल रारा जान अब एउटा मात्र गाडी प्रयोग गरे हुने भएको छ । यसअघि लोती कर्णाली वारिसम्म एउटा गाडीमा यात्रा गर्नुपर्ने र त्यसपछि तुइन तरेर अर्को गाडी चढेर जानुपर्ने अवस्थाको अन्त्य भएको सम्पुर्ण राजनैतिक दलको तर्फबाट नेकपा एमालेका उपाध्यक्ष प्रकासबहादुर शाहीले बताएका छन् ।

बेलिब्रिज निर्माणका लागि चार करोड ९८ लाख रुपियाँ लागत लागेको छ ।यसबाट रहेक वर्ष चङ्खेली गाउँपालिकालाई हिउँदको समयमा लोती कर्णालीमा काठेपुल निर्माण गर्नुपर्ने बाध्यता हटेर आर्थिक रूपमा पनि फाइदा भएको छ भने यात्रुलाई शुल्क तिरेर तुइन तर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको स्थानीय दन्त शाहीले बताएका छन । बेलिब्रिजको निर्माणले चङ्खेली गाउँपालिका मात्र नभएर सिङ्गो हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि विकल्पसमेत दिएको उनको भनाइ छ ।

धेरै अगाडिदेखि लोती कर्णालीमा बेलिब्रिज वा पक्की पुल निर्माणको माग भए पनि हाल आएर यो मागको सम्बोधन समेत भएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले बताएका छन्। यो बेलिब्रिज निर्माण भएर सञ्चालनमा आएपछि अब मुगु हुँदै जुम्लाबाट सुर्खेत जानुका साथै डोल्पा हुँदै देशभर सडक यातायात गर्न सकिने बाटो खुलेको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९