राज शाही सोमबार, साउन १३, २०८२ मा प्रकाशित

६ वर्ष देखि छाउ गोठमा वस्दै आएका धनविरे कामीलाई कुष्ट रोग नभएको जिल्ला स्वस्थ्य सेवा कार्यालय हुम्लाले ठहर गरेको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नं ८ याँङगु गाउँ निवासी कामीलाई हुम्ला जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर उमाकान्त तिवारी सम्बन्धित स्थलमा पुगी विरामीलाई जिल्ला अस्पताल हुम्लामा पुर्याइ विरामी तथा निजको ल्यापबाट परिक्षण गर्दा निजलाई कुष्ट रोग नभएको बताएका छन् । निजलाइ विभिन्न किसिका वाथ रोग मध्य रिमटोइट अथराइड भएको डक्टर तिवारीले बताएका छन् ।

रोगसँग लड्ने सक्ने क्षमताले आफ्नो इम्युनिटी पावर चिन्न नसक्दा यस्तो खाले विरामी हुन सक्ने डाक्टर तिवारीले बताएका छन् । निजलाई उदार गरी ल्याउनु भन्दा अहिले निजको स्वास्थ्य अवस्थामा निकै सुधार भएको र निजलाई जिल्ला अस्पतालले निशुल्क उपचार गरी रहेको र थप उपचारका लागी विभिन्न संघ संस्था सरकारी स्वास्थ्य संस्थामा पहल गरी रहेको डाक्टर तिवारीले बताएका छन् । त्यसै गरी निज विरामीका बाङगिएका हड्डीहरु सिधा नभए पनि थप रोग लाग्न नदिनका लागी उपचार भइ रहेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९