राज शाही सोमबार, साउन १३, २०८२ मा प्रकाशित

९ जना विरामीलाई हलिक्स सँगै फलफुल र कारागारका कैदीहरुलाई कम्मल वितरण गरिएको छ ।उक्त वितरण कार्य नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन हुम्लाले गरेको हो । कर्णाली प्रदेश हुम्ला जिल्लाको,जिल्ला अस्पतालमा रहेका ९ जना विरामीलाई हलिक्स सँगै फलफुल कर्मचारी सँगठनका जिल्ला अध्यक्ष महेन्द्र रोकायाको नेतृत्वमा सोही संगठनका केन्द्रिय सदस्य भक्तबहादुर शाही, गिता लामा, सचिव धर्मराज बोहोरा, दानबहादुर बोहोरा, भक्ति फडेरा, छत्त बोगटी, विषन रोकाया, मिमसिंह नेपाली, पत्रकार लगायत सरोकारवाला निकायको उपस्थितमा उक्त सामाग्री वितरण गरिएको हो ।

जिल्ला अस्पतालमा वेट भर्ना भएका विरामीहरुलाई संगठनका पदाधिकारी बेट सम्मै पुगेर हलिक्स र फलफुल वितरण गरिएको सोही संगठनका जिल्ला अध्यक्ष महेन्द्र रोकायाले बताएका छन्। त्यसै गरी जिल्ला कारागार कार्यालय हुम्लामा कैदमा रहेका कैदी वन्दीहरुलाई ४ वटा फाइवर सिरक वितरण गरिएको छ । कैदी वन्दीहरुलाई उक्त फाइवर सिरक वितरण गर्नुको मुख्य उद्देश्यका बारेमा सवही संगठनका केन्दिय सदस्य भक्तबहादुर शाहीले  बताएका थिए ।

शहीद स्मृति दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री सोमबार विहान ८ वजे वितरण गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९