९ जना विरामीलाई हलिक्स सँगै फलफुल र कारागारका कैदीहरुलाई कम्मल वितरण गरिएको छ ।उक्त वितरण कार्य नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन हुम्लाले गरेको हो । कर्णाली प्रदेश हुम्ला जिल्लाको,जिल्ला अस्पतालमा रहेका ९ जना विरामीलाई हलिक्स सँगै फलफुल कर्मचारी सँगठनका जिल्ला अध्यक्ष महेन्द्र रोकायाको नेतृत्वमा सोही संगठनका केन्द्रिय सदस्य भक्तबहादुर शाही, गिता लामा, सचिव धर्मराज बोहोरा, दानबहादुर बोहोरा, भक्ति फडेरा, छत्त बोगटी, विषन रोकाया, मिमसिंह नेपाली, पत्रकार लगायत सरोकारवाला निकायको उपस्थितमा उक्त सामाग्री वितरण गरिएको हो ।

जिल्ला अस्पतालमा वेट भर्ना भएका विरामीहरुलाई संगठनका पदाधिकारी बेट सम्मै पुगेर हलिक्स र फलफुल वितरण गरिएको सोही संगठनका जिल्ला अध्यक्ष महेन्द्र रोकायाले बताएका छन्। त्यसै गरी जिल्ला कारागार कार्यालय हुम्लामा कैदमा रहेका कैदी वन्दीहरुलाई ४ वटा फाइवर सिरक वितरण गरिएको छ । कैदी वन्दीहरुलाई उक्त फाइवर सिरक वितरण गर्नुको मुख्य उद्देश्यका बारेमा सवही संगठनका केन्दिय सदस्य भक्तबहादुर शाहीले बताएका थिए ।

शहीद स्मृति दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री सोमबार विहान ८ वजे वितरण गरिएको हो ।
