राज शाही आइतबार, साउन १२, २०८२ मा प्रकाशित

हिमाली जिल्ला हुम्लाका कृषकहरुलाइ कृषि सामाग्री वितरण गरिएको छ । उक्त सामाग्री कर्णाली प्रदेश हुम्ला जिल्ला निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिकाका कर्णाली दोभान कृषि सहकारी संस्थाका सदस्यहरुलाई वितरण गरिएको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका एस आइ डिसीका कृषि प्राविधिक जंगबहादुर शाहीले बताएका छन् ।

गुड नेवर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्रको प्राविधिक सहयोगमा कृषि सामाग्री वितरण गरिएको कृषि प्राविधिक शाहीले बताएका छन् ।उक्त सहकारी संस्थाका १ सय ४० जना कृषकलाइ कृषि सामाग्रीहरुमा गाडेन पाइप, स्प्रीङकल, नग्ते, बाल्टी लगायतका कृषि सामाग्री  प्रति किसान एक एक सेट वितरण गरिएको सोही संस्थाका कर्मचारी रुपसिंह भण्डारीले बताएका छन। उक्त सामाग्री एक कार्यक्रमको आयोजना गरी सोही सहकारी संस्थाका सदस्य सर्केगाड गाउँपालिका वडा नं ४ दुल्ली, साँया र मुन्डी गाउँका कृषकलाई वितरण गरेको हो ।

गुड नेवर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग र इस्नोल्याण्ड एकिकृत विकास केन्द्र ( एस आइ डिसी)ले आफ्नो कार्यक्षत्रमा रहेका स्थानीवासीहरुको हितका लागी स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएको छ । उक्त संस्थाले प्रस्सुति गृह, सौचालय, वालमैत्री धारा, बालबालिकाको विद्यालयमा पुगी स्वास्थ्य उपचार लगायतका काम गर्दै आइ रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९