राज शाही सोमबार, आषाढ ०८, २०७७ मा प्रकाशित

 

कर्णाली नदीको किनारमा लाश जलाउने क्रममा आगोको लप्काले २ जना युवाको अनुहार र छातीमा जलेपछि दुई जना युवा गम्भीर घाईते भएका छन ।

लाश जलाउने दाउरा सल्काउनका लागि मट्टीतेल खन्याउने क्रममा आगोको लप्काले अनुहार र छातीमा भेटाए पछि सक्त घाईते भएका हुन । घाइते मध्यको एक जनाको अवस्था गम्भिर भएको खार्पुनाथ सामुदायीक अस्पतालका अहेव जैमलबहादुर शाहीले बताएका छन् ।

घाइते हुनेमा खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को बाम्टाका १७ बर्षका युवा धर्म सुनार र बसन्त सुनार रहेका छन् । लास जलाउने क्रममा मट्टीतेल सहितको आगोको लप्काले अनुहार जलाएर गम्भीर घाईते बनाएको पिडितका दाई कृष्ण सुनारले बताएका छन् ।

लाश जलाउने तयारी गरि रहेको बेला आगो बाल्नका लागि दाउरामा मट्टीतेल खन्याउने क्रममा एक्कासी आगोको लप्काले धर्म सुनारको अनुहार र बसन्त सुनारको छातीमा भेटाएको उनले बताएका छन् । दुर्बै जनालाई आगोले छोएपछि अरु मलामी गएर  अनुहार तथा शरिरमा लागेको आगो निभाउने प्रयास गरेका थिए ।  उनीहरुको अबस्था निक्कै गम्भीर रहेको सुनारले बताएका छन।

दुबै जनाको खार्पुनाथ गाउँपालिका केन्द्र सामुदायीक अस्पतालमा निशुल्क रुपमा उपचार भै रहेको सोही स्वास्थ्य शाखा अहेव जैमलबहादुर शाहीले बताएका छन्  । अबस्था जटिल भएको भएपनि गाउँपालिका कै अस्पतालमा उपचार भै रहेको स्वास्थ्यकर्मी शाहीले बताएका छन्  । एक दुई दिन उपचारको अबस्था ह्रेरेर  अगाडीको उपचार तय गर्ने अस्पतालले जनाएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९