राज शाही शनिबार, साउन ११, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्यले तिव्रता पाएको छ ।कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्रामा स्थापित सिता नमुना माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

सर्वसहमत सिता नमुना माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सोभन जेठारा, सदस्यहरुमा जलबहादुर सिंह, सारदा शाही (महिला सदस्य), माया नेपाली दलित सदस्य, अदान रावल खुल्ला सदस्य, ऐनबहादुर रावल समाजसेवीबाट र सदस्य सचिवमा सोही विद्यालयका प्रधानाध्यापक जुनराज हमाल रहेका छन् । सीता नमुना माध्यमिक विद्यालय नि वर्तमान विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष देवजङ हमालको अध्यक्षतामा  अभिभावक, सरोकारवाला निकाय, बुद्दिजिवी, शिक्षक विद्यार्थी लगायतको उपस्थितिमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको सोही विद्यालयका प्रधानाध्यापक  जुनराज हमालले बताएका छन् ।

त्यसै गरी खार्पुनाथ गाउँपालिका वडा नं वडा नं ५ भकुण्डामा स्थापित मान्धारा माध्यामिक विद्यालय व्यवस्थापन समिति सर्वसहमत चयन गरिएको छ । जसको अध्यक्षमा भरतजंग शाही, सदस्यमा बलजित सार्की, गोर्ख रोकाया, कुशुमा शाही, चीन बुमी रहेका छन् । शिक्षक अभिभावक संघको अध्यक्षमा बलिराज शाही, सदस्यमा धर्मजित शाही, मोती कामी, झुल्लि सुनार र कर्णाजित शाही रहेको सोही विद्यालयका प्रधानाध्यापक दीलबहादुर शाहीले बताएका छन् ।मान्धारा माध्यमिक विद्यालयका नि वर्तमान विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष विष्णुबहादुर शाहीको अध्यक्षतामा  अभिभावक, सरोकारवाला निकाय, बुद्दिजिवी, शिक्षक विद्यार्थी लगायतको उपस्थितिमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हाम्रा स्थानिय संवाददाता गोर्ख रोकायाले बताएका छन् ।

यस अघि सिमकोट गाउँपालिकाले साउन ४ गते भित्र विद्यालय व्यवस्थापन समिति गठन गरि सक्न निर्देसनात्मक परिपत्र विद्यालयलाई गरे सँगै अधिकाँस विद्यालयलय सोही समय सिमा भित्र विद्यालय व्यवस्थापन समिति गठन गरेका थिए भने केही विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको लागी पार्टीको भाग बण्डा नमिल्दा र अध्यक्षको आकाङछी बढी भए पछि केही ढिलाइ भए पनि सिमकोट गाउँपालिका भरिका विद्यालयहरुको विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्यले पुर्णता पाएको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९