राज शाही शुक्रबार, साउन १०, २०८२ मा प्रकाशित

नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय हुम्लाको आयोजनामा जिल्ला सम्मेलन हुने भएको छ ।  नेपाली काँग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जिवनबहादुर शाही हिमाली जिल्ला हुम्ला पुगे सँगै  उक्त सम्मेलनको आयोजना गरिएको हो ।

जनताका आवाज, लोकतन्त्रका पहरेदार,नेपाली कांग्रेसको गौरवशाली यात्रालाई अझ सबल र सशक्त बनाउँदै, हाम्रो साझा आशा र भरोसाका नायक, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री माननीय जीवनबहादुर शाहीको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेस हुम्लाको जिल्ला सम्मेलन आगामी साउन १६ गते विहान ११ वजे विपी चिन्तन प्रतिष्ठान नेपाली काँग्रेस पार्टी कार्यालय सिमकोटमा हुने उपसभापति बसन्त रोकायाले बताएका छन् ।

जिल्ला सदरमुकाम सिमकोटमा संचालन हुने सम्मेलमा नेपाली काँग्रेसका वडा इकाइ पदाधिकारी, गाउँपालिका पदाधिकारी, प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी,  महासमिति, महाधिवेसन पदाधिकारी, केन्दिय सदस्य, नेपाली काँग्रेसका भातृ तथा भगेनी संस्थाका पदाधिकारी, शुभेच्छुक संस्थाका पदाधिकारी सँगै नेपाली काँग्रेस प्रति आस्तवान नेता कार्यकर्ताको उपस्थित रहने नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय हुम्लाका सभापती कैलास भण्डारीले बताएका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९