राज शाही बिहिबार, साउन ०९, २०८२ मा प्रकाशित

कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जिवनबहादुर शाही हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट आइपुगेका छन् । संघिय मन्त्री समेत रही सकेका शाही गत साउन ६ गते हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्रा सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकप्टरमा आइपुगेका हुन । कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित सांसद शाहीका मामा खार्पुनाथ गाउँपालिका वडा नं ४ निवासी नन्दबहादुर हमालको गत साउन ५ गते ९७ वर्षको उमेरमा आफ्नै कालगतिले निधन भए पछि सोख सन्तब्द परिवारजनलाइ सान्तोना दिन र मृतक आत्मको चिर शान्तिको कामनाका लागी शाही हुम्ला पुगेका हुन ।

साउन ६ र ७ गते आफ्नै मामाको घर खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्रामा २ दिन बसी आज साउन ८ गते हुम्ला जिल्लाको सदरमुकाम सिमकोट हेलिकप्टमा आइ पुगेका हुन । शाही २ दिन खार्पुनाथ गाउँपालिकाको छिप्रामा रहँदा वस्दा त्यहाँका जनता सँगै नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु सँग भेटघाट सुख दःखका विषयमा छलफल भएको जानकारी पनि प्राप्त भएको छ ।

नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य समेत रहेका शाही हुम्ला जिल्लाको सदरमुकाम सिमकोट पुगे सँगै जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख,कर्मचारी, सामुदायीक तथा निज विद्यालयका प्रधानाध्यापकहरुसँग हुम्ला जिल्लाको शिक्षा, स्वास्थ्य, रोजगार, विद्युत, सडक, खानेपानी, पर्यटन लगाएतका विषयमा छलफल गरी रहेको जानकारी प्राप्त भएको छ ।

पुर्व मुख्य मन्त्री शाही हुम्ला बसाइका क्रममा पार्टी संगठन सुदृढीकरण, स्थानीय तहका जनप्रतिनिधिहरूसँग संवाद, सर्वसाधारणसँग भेटघाट तथा जिल्लाको समग्र विकास अवस्थाको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।नेपाली काँग्रेस जिल्ला पार्टीको स्रोतले शाहीको भ्रमणलाई संगठनात्मक दृष्टिले महत्वपूर्ण ठहर गर्दै यसले स्थानीय कार्यकर्तामा उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९