राज शाही आइतबार, साउन ०५, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

एम्वुलेन्स दुर्घटना भइ घाइते भएका व्यक्तिको उपचारका लागी ३ लाख १८ हजार ४ सय ३१ रुपैंया आर्थिक संकलन भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका वडा ५ का वडा अध्यक्ष भरत जंग शाहीको पहलमा आफ्ना आफन्त, साथी, भाइ र अन्य सहयोगीहरुको सक्रियतामा ३ लाख १८ हजार ४ सय ३१ रुपैंया आर्थिक संकलन भएको छ ।

उक्त संकलित रकम वडा अध्यक्ष भरतजंग शाही आफै विरामीको उपचार भइ रहेको पाटन अस्पताल काठमाण्डौमा पुगी निजकी श्रीमती कमला शाहीको हातमा हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ । यो पुन्य कार्यमा  साथ र सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई हृदयदेखि वडा अध्यक्ष शाहीले धन्यवाद दिनुका साथै तपाईहरूको यो अमूल्य सहयोगले कसैको जीवनमा आशाको दियो बाल्न सकेकोस भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।

यो कामको पुन्य तपाईहरू सबैलाई पनि आशिष बनोस् भनी  अध्यक्ष शाहीले प्रर्थाना समेत गरेका छन् । गत अषाढ २३ गते वेलुका अन्दाजी ५ वजेको समयमा विरामी लिन खार्पुनाथ गाउँपालिका वडा नं ५ को खार्पुबाट वडा नं ५ कै ताक्ला जाने क्रममा सिमकोट गाउँपालिका वडा नं १ को भित्रगहुँडा भन्ने ठाउँमा यम्बुलेन्स दुरघटना हुँदा चालक एव खार्पुनाथ गाउँपालिका वडा नं ५ निवासी जंगबहादुर शाही सक्त घाइते भएका थिए ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९