राज शाही आइतबार, साउन ०५, २०८२ मा प्रकाशित

एम्वुलेन्स दुर्घटना भइ घाइते भएका व्यक्तिको उपचारका लागी ३ लाख १८ हजार ४ सय ३१ रुपैंया आर्थिक संकलन भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका वडा ५ का वडा अध्यक्ष भरत जंग शाहीको पहलमा आफ्ना आफन्त, साथी, भाइ र अन्य सहयोगीहरुको सक्रियतामा ३ लाख १८ हजार ४ सय ३१ रुपैंया आर्थिक संकलन भएको छ ।

उक्त संकलित रकम वडा अध्यक्ष भरतजंग शाही आफै विरामीको उपचार भइ रहेको पाटन अस्पताल काठमाण्डौमा पुगी निजकी श्रीमती कमला शाहीको हातमा हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ । यो पुन्य कार्यमा  साथ र सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई हृदयदेखि वडा अध्यक्ष शाहीले धन्यवाद दिनुका साथै तपाईहरूको यो अमूल्य सहयोगले कसैको जीवनमा आशाको दियो बाल्न सकेकोस भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।

यो कामको पुन्य तपाईहरू सबैलाई पनि आशिष बनोस् भनी  अध्यक्ष शाहीले प्रर्थाना समेत गरेका छन् । गत अषाढ २३ गते वेलुका अन्दाजी ५ वजेको समयमा विरामी लिन खार्पुनाथ गाउँपालिका वडा नं ५ को खार्पुबाट वडा नं ५ कै ताक्ला जाने क्रममा सिमकोट गाउँपालिका वडा नं १ को भित्रगहुँडा भन्ने ठाउँमा यम्बुलेन्स दुरघटना हुँदा चालक एव खार्पुनाथ गाउँपालिका वडा नं ५ निवासी जंगबहादुर शाही सक्त घाइते भएका थिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९