हुम्ला जिल्लाको शैक्षिक क्षेत्रमा देखिएका समस्या एवं चुनौती माथि सुधार र समाधानका उपायका विषयक शैक्षिक अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रमको आयोजना प्रिन्सिपल्स एसोसिएसन अफ हुम्लाले गरेको हो । हुम्ला जिल्ला भरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको साझा संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल पानको पहिलो कार्यक्रम रहेको छ ।

पानका जिल्ला अध्यक्ष कैलास रोकायाको अध्यक्षता र जिल्ला समन्वय प्रमुख दलु फडेरको प्रमुख आतिथ्यमा संचालन गरिएको अन्तरक्रिया कार्यक्रमा हुम्ला जिल्ला प्रदेश क्षत्र नं ख का सबै प्रधानाध्यापकको उपस्थित रहेको थियो भने क नंम्वर प्रदेशका केही प्रधानाध्यापकहरुको उपस्थित रहेको थियो । गाउँपालिका शिक्षा शाखा प्रमुख, राजनैतिक दलका प्रमुख प्रतिनिधि, नागरिक समाज, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधिको उपस्थित रहेको कार्यक्रममा पानका उपाध्यक्ष अमर बहादुर शाहीले २०८१ सालको माध्यामिक शिक्षा परिक्षा एसइइको नतिजामा हुम्ला जिल्लाले प्राप्त गरेको नतिजाको विष्लेषण सहित स्वागत मन्तव्य राखेका थिए ।
परीक्षाको प्राप्ताङ्क वा ग्रेडका आधारमा संस्थागत विद्यालयको नतिजा केही राम्रो देखिए पनि शिक्षाको मूल ध्येय व्यक्तिलाई सफल जीवनयापनका लागि सक्षम बनाउनु हो, समग्रमा विद्यार्थीमा स्वावलम्बन, प्राविधिक सीप, उद्यमशीलता, श्रमको सम्मान, स्वस्थ जीवनशैली, वातावरणीय चेतना, सदाचारिता जस्ता जीवनोपयोगी सीपहरू सिकाउनु आवश्यक रहेको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष एव पानका जिल्ला सल्लाकार, एव सिता माध्यामिक विद्यालयका प्रधानाध्यापक जुनराज हमालले बताएका थिए ।

शिक्षाको जगका रूपमा रहेको आधारभूत तहका प्रारम्भिक कक्षामा अध्यापन गर्ने प्राथमिक शिक्षक दरबन्दीमा विषयगत शिक्षकको व्यवस्था नहुनु, शिक्षण(सिकाइका लागि दक्ष र सक्षम व्यक्तिलाई शिक्षण पेशामा प्रवेश गराउने उद्देश्यले ल्याइएको अध्यापन अनुमति(पत्रको परीक्षा प्रणाली प्रतिस्पर्धी हुन नसक्नुका साथै यो प्रावधान शिक्षण सिकाइ प्रक्रियाका लागि सहयोगी सावित नहुनु, प्रारम्भिक बाल शिक्षा र विकासमा बाल विकासका सबै पक्षको सन्तुलित विकासमा भन्दा साक्षरता शिक्षामा जोड दिइनु लगायतका विषयमा पानका अध्यक्ष कैलास रोकायाले आफ्नो मनतव्यमा भनाइ राखेका थिए ।

शिक्षाको अराजकता र अस्थिरताले गर्दा दोश सबै शिक्षकलाई लगाउने गरीएको, अभिभावकले पनि आफ्नो बालबालिका कसरी विद्यालयमा पढी रहेको छ नियमिन अनुगमन निरक्षण बालबालीकको मनो सामाजिक प्ररामर्स गरिनु पर्ने भनाइ राख्दै शिक्षक मधु वस्नेत शाही।

शैक्षिक प्रतिवेदन आधार नेपालका शिक्षा संयोजक कुन्जोक लामा र सिमकोट गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्ण आचार्यले शैक्षिक गुणस्तरको मुख्य मानकका रूपमा हेर्ने गरिएको विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि बालबालिकाको सिकाइको जगका रूपमा रहेको प्रारम्भिक बाल विकास र आधारभूत तहका प्रारम्भिक कक्षामा सामाजिक सीप, भाषिक र गणितीय धारणामा पाठ्यक्रमले निर्धारण गरेका सक्षमता विकास गर्ने कुरामा जोड दिन जरूरी देखियको,जग बलियो नभई घर बलियो हुँदैन भने झैं आधारभूत तहमा न्यूनतम सिकाइ सक्षमता विकास गर्नसके मात्र उनीहरूको माध्यमिक र उच्च शिक्षाको सिकाइ उपलब्धि राम्रो हुन सक्ने विषयमा आफ्नो प्रतिवेदन पेश गरेका थिए । त्यसै गरी उक्त कार्यक्रममा राजनितिक दल नागरीक समाज अभिभावक शिक्षकहरुले आ आफ्नो विचार राखेका थिए ।