जिल्ला अदालत हुम्लाले आर्थिक वर्ष ०८१।०८२मा८६.९५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । अदालतले सार्वजनिक गरेको प्रगति तथा पत्रकारहरुसँगको अन्तर्क्रियामा लगत सरी आएका १९ थान र आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका ५० थान गरी जम्मा ६९ थान मुद्दा मध्य ६० थान मुद्दा फर्छ्यौट भएका छन् । ९ थान मुद्दा बाँकी रहेका छन ।
जिल्ला अदालत हुम्लाका श्रेस्तेदार श्रीदीप वाग्लेका अनुसार यस वर्ष ५० थान मुद्दा दर्ता भएका थिए भने गत वर्षको जिम्मेवारी सरी आएका १९ वटा मुद्दा थिए । उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ८६.९५ प्रतिशत फर्छ्यौट भएका छन् । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा ७३.४५ प्रतिशत मुद्दा पछ्यौट भएका थिए । त्यसै गरी आर्थिक वर्ष ०७९।०८० मा ५४.९४ प्रतिसत र आर्थिक वर्ष ८०।०८१ मा ८२.५६ प्रतिसत मुद्दा फौर्छयौट भएको पाइएको छ । यसरी हेर्दा यो आर्थिक वर्षमा बढी मुद्दा फर्छयौट भएको पाइएको छ ।

जिल्ला न्यायाधीश शम्भु प्रसाद बरालका अनुसार न्याय सेवा सत्य र तथ्यको आधारमा भएको बताएका छन् । उनले अदालतले गरेका कामका विषय, समस्याका विषयमा जानकारी दिएका थिए । उनले न्याय क्षेत्र र पत्रकारिता करिब करिब एउटै भएकाले पत्रकारिता क्षेत्रको निकै ठुलो भूमिका हुनेमा जोड दिएका थिए । उनले अदालतले बनाएको कार्ययोजनाका अनुसार काम भइरहेको र न्यायाधीश बरालले अदालतमा भएका कामको माग बमोजिम सूचना उपलब्ध गराउन अदालतको ढोका खुला रहेको बताएका थिए।
सरकारी फौजदारी मुद्दाको विषयगत लगत फछ्र्यौटमा कर्तव्य ज्यानका २ मध्य १ वटा मुद्दा फर्छ्यौट भएको, ज्याान मार्ने उद्योगका १ मध्य १ वटै फर्छ्यौट भएको, जबरजस्ती करणीका १५ मध्य १२ वटा, चोरीको १ मध्य १ वटा, लागु औषधको १ मध्य १ वटा मुद्दा फर्छ्यौट भएको जिल्ला अदालत हुम्लाका श्रेस्तेदार श्रीदिप वाग्लले बताएका थिए ।

यसैगरी अदालतले मेलमिलापमा राख्न मिल्ने ८ वटा मुद्दा पठाएकोमा ६ वटा मेलमिलाप भएको जानकारी गरिएको छ । अन्तर्क्रियामा पत्रकारले विभिन्न जिज्ञासा राखेका थिए । जिज्ञासाको विषयमा न्यायाधीश शम्भु प्रसाद बराल र श्रेस्तेदार श्रीदीप वाग्लले जिल्ला , वैतनिक वकिल मंगलबहादुर शाहीले जिज्ञासा प्रस्ट्याएका थिए ।