राज शाही शुक्रबार, साउन ०३, २०८२ मा प्रकाशित

जिल्ला अदालत हुम्लाले आर्थिक वर्ष ०८१।०८२मा८६.९५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।  अदालतले सार्वजनिक गरेको प्रगति तथा  पत्रकारहरुसँगको अन्तर्क्रियामा लगत सरी आएका १९ थान र  आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका ५० थान गरी जम्मा ६९ थान मुद्दा मध्य ६० थान मुद्दा फर्छ्यौट भएका छन् । ९ थान मुद्दा बाँकी रहेका छन ।

जिल्ला अदालत हुम्लाका श्रेस्तेदार श्रीदीप वाग्लेका अनुसार यस वर्ष ५० थान मुद्दा दर्ता भएका थिए भने गत वर्षको जिम्मेवारी सरी आएका १९ वटा मुद्दा थिए । उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ८६.९५ प्रतिशत फर्छ्यौट भएका छन् । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा ७३.४५ प्रतिशत मुद्दा पछ्यौट भएका थिए । त्यसै गरी आर्थिक वर्ष ०७९।०८० मा ५४.९४ प्रतिसत र आर्थिक वर्ष ८०।०८१ मा ८२.५६ प्रतिसत मुद्दा फौर्छयौट भएको पाइएको छ  । यसरी हेर्दा यो आर्थिक वर्षमा बढी मुद्दा फर्छयौट भएको पाइएको छ ।

जिल्ला न्यायाधीश शम्भु प्रसाद बरालका अनुसार न्याय सेवा सत्य र तथ्यको आधारमा भएको बताएका छन् । उनले अदालतले गरेका कामका विषय, समस्याका विषयमा जानकारी दिएका थिए । उनले न्याय क्षेत्र र पत्रकारिता करिब करिब एउटै भएकाले पत्रकारिता क्षेत्रको निकै ठुलो भूमिका हुनेमा जोड दिएका थिए । उनले अदालतले बनाएको कार्ययोजनाका अनुसार काम भइरहेको र न्यायाधीश बरालले अदालतमा भएका कामको माग बमोजिम सूचना उपलब्ध गराउन अदालतको ढोका खुला रहेको बताएका थिए।

सरकारी फौजदारी मुद्दाको विषयगत लगत फछ्र्यौटमा कर्तव्य ज्यानका २ मध्य १ वटा मुद्दा फर्छ्यौट भएको, ज्याान मार्ने उद्योगका १ मध्य १ वटै फर्छ्यौट भएको, जबरजस्ती करणीका १५ मध्य १२ वटा, चोरीको १ मध्य १ वटा, लागु औषधको १ मध्य १ वटा मुद्दा फर्छ्यौट भएको जिल्ला अदालत हुम्लाका श्रेस्तेदार श्रीदिप वाग्लले बताएका थिए ।

यसैगरी अदालतले मेलमिलापमा राख्न मिल्ने ८ वटा मुद्दा पठाएकोमा ६  वटा मेलमिलाप भएको जानकारी गरिएको छ । अन्तर्क्रियामा पत्रकारले विभिन्न जिज्ञासा राखेका थिए । जिज्ञासाको विषयमा न्यायाधीश शम्भु प्रसाद बराल र श्रेस्तेदार श्रीदीप वाग्लले जिल्ला ,  वैतनिक वकिल मंगलबहादुर शाहीले जिज्ञासा प्रस्ट्याएका थिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९