राज शाही बिहिबार, साउन ०२, २०८२ मा प्रकाशित

कर्णाली प्रदेश हुम्ला जिल्लाको  खार्पुनाथ गाउँपालिका– १ र २ लाई जोड्नका लागि लालीबगरको लिगेमा कर्णाली नदी माथि नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ । नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएसंगै सो स्थान भन्दा पचास मिटर पर यसअघि नदी तर्नका लागि निर्माण गरिएको तुईन बिस्थापित भएको हो । आफ्नो ठुलो समस्या समाधान भएको खार्पुनाथ गाउँपालिका– २ का वडा अध्यक्ष चन्द्र रावलले बताएका छन । गत असार २९ गते आफुले तुईनबाट कर्णाली नदी तरेको स्मरण गर्दै उनले अव भने झोलुङ्गे पुल तरेर नदी पार गरेको बताएका छन ।

२०७८ सालमा दुल्ली कुना लालीवगरको सडक निर्माण गर्ने क्रममा लिगेमा यसअघिको पुरानो झोलुङ्गे पुल भत्किएपछि खार्पुनाथ गाउँपालिकाले उक्त स्थानमा तुईन निर्माण गरेर वडा नम्बर १ र २ का बासिन्दाहरुलाई आउजाउ गर्ने बाटो खोलेको थियो । त्यसपछि धेरै पटक उक्त तुईन तरेर नदी वारपार गरेको बताउदै उनले निक्कै जोखिमपुर्ण यात्रा गर्नु परि रहेको अबस्थामा लालीको औल र थालीको जिउलाको लिगेमा नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएपछि तुईन मुक्त भएको बताएका छन । यसबाट दुई वटा वडाका सात सय भढी स्थानीय र कर्मचारी लावान्भित भएको उनको भनाई रहेको छ ।

खार्पुनाथ गाउँपालिका– १ र २ लाई जोड्ने लिगे झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएको पुर्वाधार बिकास कार्यालयका सवईन्जिनीयर झुलबहादुर शाहीले बताएका छन । यो झोलुङ्गे पुल निर्माणका लागि गत चैत २७ गते पुर्वाधार बिकास कार्यालयले उपभोक्ता समितिसंग सम्झौता गरेको थियो । तीन महिनामा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आउदा सो स्थानमा रहेको तुईन बिस्थापित भएको उनले बताएका छन ।

पुलको डिजाईनमा १०५ मिटर लम्बाई भएपनि निर्माणका क्रममा ९५ मिटर लम्बाईमा निर्माण कार्य भएको हो । यसका लागि कार्यालयले ९२ लाख छ हजार ३९६ रुपियाँ लागत लागेको छ । यो झोलुङ्गे पुल निर्माण भएर प्रयोगमा आएपछि सिङ्गो गाउपालिका तुईन मुक्त भएको छ । यसअघि खार्पुनाथ गाउँपालिका बिभिन्न स्थानमा गरि चार स्थानमा तुईन रहेकोमा ती तुईन भएका स्थानमा झोलुङ्गे पुल निर्माण गरिएपछि बिस्थापित भएका हुन । स्थानीयले कर्णाली नदी सुरक्षित रुपमा वारपार गर्दै आउना पाएका छन  । यसका लागि स्नोल्याण्ड एकिकृत बिकास केन्द्रले प्राबिधिक सहयोग र समन्वय गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९