राज शाही बुधबार, साउन ०१, २०८२ मा प्रकाशित

लामो समय देखि अवरुद्ध रहेको नमस्ते नेपालको टावर संचालनमा आएको छ । नेपाल टेलिकम सिमकोट शाखाबाट प्राविधिक ओवजन शाही नमस्ते नेपालको टावर राखिएको स्थानमा पुगी मर्मत गरे पछि सुचारु भएको हो । टावर विग्रनेमा हुम्ला अदानचुली गाउँपालिका वडा नं ६ लमही भन्ने ठाउँमा राखिएको टावरको भिस्याड मर्मत गरेपछि उक्त टावर संचालनमा आएको प्राविधिक शाहीले  बताएका छन् । त्यसै गरी उक्त टावरका लागी जडान गरिएको स्वलारको इनपुट तार समेत छुटेको पाइएको र उक्त तार समेत जडान गरेपछि मंगलबारबाट सो टावर संचालनमा आएको छ ।

त्यो सँगै एम पी टी बक्स पनि खराव भएको र सोलाई पनि मर्मत गरी पुणरुपमा अदानचुली गाउँपालिका वडा नं ६ मा राखीएको नमस्ते नेपालको टावर संचालनमा आएको प्राविधिक शाहीले बताएका छन् । उक्त टावर संचालनमा आएपछि सोही गाउँपालिकाको काँखे,करकाइ, बारिगाउँ, श्रीनगर, पाल्स लगायतका गाउँमा नमस्ते नेपालको टावरले काम गर्न सुरु गरेको प्राविधिक शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९