राज शाही बुधबार, साउन ०१, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

लामो समय देखि अवरुद्ध रहेको नमस्ते नेपालको टावर संचालनमा आएको छ । नेपाल टेलिकम सिमकोट शाखाबाट प्राविधिक ओवजन शाही नमस्ते नेपालको टावर राखिएको स्थानमा पुगी मर्मत गरे पछि सुचारु भएको हो । टावर विग्रनेमा हुम्ला अदानचुली गाउँपालिका वडा नं ६ लमही भन्ने ठाउँमा राखिएको टावरको भिस्याड मर्मत गरेपछि उक्त टावर संचालनमा आएको प्राविधिक शाहीले  बताएका छन् । त्यसै गरी उक्त टावरका लागी जडान गरिएको स्वलारको इनपुट तार समेत छुटेको पाइएको र उक्त तार समेत जडान गरेपछि मंगलबारबाट सो टावर संचालनमा आएको छ ।

त्यो सँगै एम पी टी बक्स पनि खराव भएको र सोलाई पनि मर्मत गरी पुणरुपमा अदानचुली गाउँपालिका वडा नं ६ मा राखीएको नमस्ते नेपालको टावर संचालनमा आएको प्राविधिक शाहीले बताएका छन् । उक्त टावर संचालनमा आएपछि सोही गाउँपालिकाको काँखे,करकाइ, बारिगाउँ, श्रीनगर, पाल्स लगायतका गाउँमा नमस्ते नेपालको टावरले काम गर्न सुरु गरेको प्राविधिक शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९