राज शाही मंगलबार, आषाढ ३१, २०८२ मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्लामा आर्थिक वर्ष २०८१।०८२ को प्रगति समिक्षा कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रम सामाजिक विकास कार्यालय हुम्लाले गरेको हो । उक्त कार्यालयले आर्थिक वर्ष ०८१।०८२ मा संचालन गरेको जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा, महिला तथा बालबालिका, भाषा धर्म, जिल्लाको साक्षरताको अवस्था सैगै भौतिक संरचरचना निर्माण लगायतका क्षेत्रमा गरेको कामको प्रगति विवरणको समिक्षा सरोकारवाला निकाय,पत्रकार, नागरिक समाज लगाएतको उपस्थितमा मंगलबार दिनको ३ बजेबाट मानसरोवर होटलमा संचालन गरेको थियो ।

सोही समिक्षा कार्यक्रममा आर्थिक वर्ष ०८१।०८२ मा चालु तर्फ, १ करोड ५१ लाख ५७ हजार विनियोजन भएकोमा,  खर्च तर्फ १ करोड १४ लाख ३२ हजार ८ सय ६२ रुपैंया खर्च भइ प्रगति ७५.४३ प्रतिसत खर्च भएको पाइएको छ ।  पुजिगत तर्फ ८ करोड ९७ लाख ५० हजार बजेट प्राप्त भएकोमा ७ करोड ४८ लाख ६५ हजार ५ सय २० रुपैंया खर्च हुँदा ८३.४१ प्रतिसत खर्च भएको पाइएको छ । त्यसै गरी संघिय अनुदान तर्फ १ लाख ५० हजार प्राप्त भएकोमा सत प्रति खर्च भएको पाइएको हो । यसरी चालु, पुजिगत र ससर्त अनुदान तर्फको गरी ८२.२९ प्रतिसत जम्मा बजेट खर्च भएको सोही कार्यालय प्रमुख हर्कबहादुर बस्नेतले  बताएका थिए ।

लेखा अधिकृत भक्तबहादुर शाहीले स्वागत मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता  कार्यालयका प्रमुख हर्कबहादुर वस्नेत, प्रमुख आतिथ्य जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराको रहेको कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा, उपाध्यक्ष तक्दिर लामा, प्रमुख जिल्ला अधिकारी नारायण पाँण्डेय, प्रहरी प्रमुख संकर पोखरेल, वडा अध्यक्ष, सरकारी वकिल सिलुका लङथेप लगायतका जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९