राज शाही सोमबार, आषाढ ०८, २०७७ मा प्रकाशित

 हुम्ला

हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ को क्वारेन्टिनमा बस्दै आएका एक जना युवाको आरडिटी परिक्षण रिपोर्ट पोजेटिभ आएको छ । क्वारेन्टिन अबधि पुग्ने लागेको बेला आरडिट किट कोरोना संक्रमण परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ का १७ वर्षका युवामा दुई पटक  कोरोना संक्रमण परिक्षण रिपोर्ट पोजेटिभ आएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले बताएका छन् । आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आउदा वडा नम्बर ४ को सिता माबिको क्वारेन्टिन रहेको क्षेत्रलाई शिल गरिएको अध्यक्ष रावलले बताएका छन । ती युवा १२ दिन अगाडी काठमाडौं, नेपालगंज, सुर्खेत, मुगु हुदै पैदल हुम्ला आएर क्वारेन्टिनमा बसेका थिए ।

रिपोर्ट पोजेटिभ आएपछि जिल्ला अस्पतालबाट चिकित्सक र स्वास्थ्यकर्मीको टोली भिटिए किट लिएर त्यसतर्फ लागेको छ । टोलीले रिपोर्ट पोजेटिभ आएका सहित ३२ जनाकै स्वाब संकलन गरी लिएको अध्यक्ष रावलले बताएका छन। वडा नम्बर ४ को छिप्रा गाउँमा त्रास बढेको छ ।

सम्बन्धित

ताजा अपडेट
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९