हिमाली जिल्ला हुम्लाको, जिल्ला अस्पतालमा औषधी प्राप्त मात्रामा रहेको पाइएको छ । यस अघि जिल्ला अस्पतालमा औषधीको अभाव भनि फैलाएको अफवा जस्तो नभइ करिव १ हप्ता सम्म गोलोब्स र गज जस्ता केही औषधीको कमी भए पनि ठप्पै नभएको जिल्ला अस्पताल प्रमुख डाक्टर उमाकान्त तिवारीले बताएका छन् । डाक्टर तिवारीका अनुसार हाल जिल्ला अस्पताल भित्र २ वटा फार्मेसी संचालनमा रहेको र ति फार्मेसी मध्य विकास समिति द्धारा संचालनमा रहेको सहसुल्कमा औषधी वितरण गरीने फार्मेसीमा सबै प्रकारका औषधी रहेको र अर्को निशुल्क वितरण हुने फार्मेसीमा केही दिनको लागी औषधीको कमि देखिए पनि हाल प्राप्त मात्रामा रहेको प्रमुख डाक्टर तिरवारीले बताएका छन् ।

नेपाल सरकारले वार्षिक १२ देखि १५ लाख रुपैंया औषधी खरिदका लागी दिने गरेको भए पनि हुम्ला जिल्ला अस्पतालमा विरामीको चापलाई हेर्दा उक्त रुपैंयाबाट खरिद गरिएको औषधी २ ।३ महिना सम्मका लागी पनि नपुग्ने गरेको जानकारी प्राप्त भएको छ । त्यसै गरी हुम्ला जिल्ला अस्पतालका लागी प्रदेश आपुर्तिले औषधी पठाउने गरेको भए पनि ढुवानी तथा केही प्रक्रियागत ढिला सुस्ति हुने गरेको पाइएको हो । हाल हुम्ला जिल्ला राष्ट्रिय सडक संजाल सँग चोडिएको भए पनि औषधी हवाइ जहाजबाटै ढुवानी गर्नु पर्ने वाध्यता रहेको डाक्टर तिवारीले यसरी बताएका छन् ।

यो वर्षाको समयमा सडक मार्गबाट औषधी ढुवानी गर्दा सडक विग्रेका कारण महिनौ दिन पछि आइ पुग्ने भएकाले पनि हवाइ मार्गबाट औषधी ढुवानी गर्नु पर्ने वाध्यता रहेको तिवारीले बताएका छन् । हाल जिल्ला अस्पतालमा जनसक्ति प्राप्त मात्रामा रहेको र सबै रोगका विशषज्ञ डाक्टर करिव ८।९ जना सम्म रहेको पनि जानकारी प्राप्त भएको छ । विशेष गरी हुम्ला जिल्ला अस्पतालमा रक्त परीक्षण, एक्स–रे, अल्ट्रासाउन्ड, अक्सिजन जनरेटर जस्ता अत्यावश्यक सेवा प्रवाहमा बाधा उत्पन्न भएको र यस समस्याको समाधानको लागि शीघ्र आवश्यक प्राविधिक जनशक्ति खटाइ संचालनमा ल्याउनु पर्ने देखिएको छ ।
