राज शाही आइतबार, आषाढ २९, २०८२ मा प्रकाशित

हिमाली जिल्ला हुम्लाको, जिल्ला अस्पतालमा औषधी प्राप्त मात्रामा रहेको पाइएको छ । यस अघि जिल्ला अस्पतालमा औषधीको अभाव भनि फैलाएको अफवा जस्तो नभइ करिव १ हप्ता सम्म गोलोब्स र गज जस्ता केही औषधीको कमी भए पनि ठप्पै नभएको जिल्ला अस्पताल प्रमुख डाक्टर उमाकान्त तिवारीले बताएका छन् । डाक्टर तिवारीका अनुसार हाल जिल्ला अस्पताल भित्र २ वटा फार्मेसी संचालनमा रहेको र ति फार्मेसी मध्य विकास समिति द्धारा संचालनमा रहेको सहसुल्कमा औषधी वितरण गरीने फार्मेसीमा सबै प्रकारका औषधी रहेको र अर्को निशुल्क वितरण हुने फार्मेसीमा केही दिनको लागी औषधीको कमि देखिए पनि हाल प्राप्त मात्रामा रहेको प्रमुख डाक्टर तिरवारीले बताएका छन् ।

नेपाल सरकारले वार्षिक १२ देखि १५ लाख रुपैंया औषधी खरिदका लागी दिने गरेको भए पनि हुम्ला जिल्ला अस्पतालमा विरामीको चापलाई हेर्दा उक्त रुपैंयाबाट खरिद गरिएको औषधी २ ।३ महिना सम्मका लागी पनि नपुग्ने गरेको जानकारी प्राप्त भएको छ । त्यसै गरी हुम्ला जिल्ला अस्पतालका लागी प्रदेश आपुर्तिले औषधी पठाउने गरेको भए पनि ढुवानी तथा केही प्रक्रियागत ढिला सुस्ति हुने गरेको पाइएको हो । हाल हुम्ला जिल्ला राष्ट्रिय सडक संजाल सँग चोडिएको भए पनि औषधी हवाइ जहाजबाटै ढुवानी गर्नु पर्ने वाध्यता रहेको डाक्टर तिवारीले यसरी बताएका छन् ।

यो वर्षाको समयमा सडक मार्गबाट औषधी ढुवानी गर्दा सडक विग्रेका कारण महिनौ दिन पछि आइ पुग्ने भएकाले पनि हवाइ मार्गबाट औषधी ढुवानी गर्नु पर्ने वाध्यता रहेको तिवारीले बताएका छन् । हाल जिल्ला अस्पतालमा जनसक्ति प्राप्त मात्रामा रहेको र सबै रोगका विशषज्ञ डाक्टर करिव ८।९ जना सम्म रहेको पनि जानकारी प्राप्त भएको छ । विशेष गरी हुम्ला जिल्ला अस्पतालमा रक्त परीक्षण, एक्स–रे, अल्ट्रासाउन्ड, अक्सिजन जनरेटर जस्ता अत्यावश्यक सेवा प्रवाहमा बाधा उत्पन्न भएको र यस समस्याको समाधानको लागि शीघ्र आवश्यक प्राविधिक जनशक्ति खटाइ संचालनमा ल्याउनु पर्ने देखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९