राज शाही मंगलबार, आषाढ २४, २०८२ मा प्रकाशित

तीन वर्षमा हिमाली जिल्ला हुम्लाबाट अठ्ठाईस जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट सुविधा सम्पन्न अस्पतालमा उद्धार गरिएको छ । गर्भवती महिलालाई प्रशब ब्यथा लाग्दा जिल्ला अस्पताल र स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसकिने,सुत्केरी महिलालाई उच्च रक्तश्रापको कारण अस्पतालको समन्वयमा जिल्ला बाहिर रिफर गरिदा हेलिकोप्टरबाट उद्धार गरि ज्यान समेत जोगाउने कार्य भएको हो  ।

लगातार तीन आर्थिक वर्षमा २८ जना गर्भवती र सुत्केरी महिलाको सुर्खेतस्थित प्रदेश अस्पतालमा रिफरपछि हेलिकोप्टरबाट उद्धार गरेर ज्यान जोगाउने कार्य भएको जिल्ला अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताएकी छन । यस आवको साउन महिना यताको एक वर्षमा जिल्लाभरबाट आठ जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा हेलिकोप्टरबाट उद्धार गरिएको वरिष्ठ अनमी बोहराले बताएकी हुन ।

यसरी गर्भवती र सुत्केरीलाई गाउँपालिकाका स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा सुत्केरी गराउन र थप उपचार गर्न नसकिने भएपछि हेलिकोप्टरबाट सुविधा सम्पन्न अस्पतालमा उद्धार गरिएको हो । उनका अनुसार यस आवमा पहिलो उद्धारको घटना अदानचुली गाउँपालिका–५ मा गत साउन १६ गते भएको थियो । जसमा गर्भमा बच्चा उल्टो बसेको कारण ४३ वर्षकी सौमती ऐडीको हेलिकोप्टरबाट अदानचुलीबाट सुर्खेत उद्धार गरिएको थियो । त्यसैगरि अदाचुली गाउँपालिकाबाट अन्य तीन वटा सुत्केरी तथा गर्भवती महिलाको  हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

यता मङ्सीर र पुस महिना गरि सर्केगार्ड गाउँपालिकाबाट दुई जना ब्यथा लागेकी गर्भवतीको हेलिकोप्टरबाटै उद्धार भएको थियो । यता जिल्ला अस्पतालबाट दुई वटा जटिल खालका गर्भवती महिलालाई हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको थियो । त्यसैगरि आव ०८०।०८१ मा आठ जना र ०७९।०८० मा बाह्र जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । उनले अधिकाँस यसरी उद्धार गरिएकी महिलाहरु प्रशव ब्यथा लागेकी र केही भने सुत्केरीपछि उच्च रक्तश्रापको कारण उद्धार गरिएको बताएका छन ।

दुर्गमका गर्भवती महिलाका लागि सङ्घीय सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम निक्कै उपयोगी र फलदायी भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताएका छन । यो कार्यक्रमले दुर्गमका गर्भवती र सुत्केरी महिलामा ज्यान जोगाउन सफल भएको बताउदै उनले राज्यको लगानी सहि स्थानमा रहेको बताएका छन । सम्वन्धित स्वास्थ्य संस्था, गाउँपालिका, जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा कार्यक्रमले गर्भवती र सुत्केरी महिलाको उद्धार कार्य गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९