राज शाही सोमबार, आषाढ ०८, २०७७ मा प्रकाशित

 

राज शाही हुम्ला

गत शनिबार संकलन गरिएका स्वाब तीन दिनपछि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पुगेका छन् । बर्षाको कारण हवाई सेवा अबरुद्ध हुदा संकलित स्वाब हुम्लामै रोकिएका थिए ।

सडक यातायता नजोडिएका हुम्ला जिल्लामा बर्षाको कारण हवाई सेवा अबरुद्ध हुदा तीन दिनदेखि संकलित स्वाब सोमबार हवाई यातायात सुचारु हुदा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दान बहादुर बोहराले बताएका छन्  ।

जिल्ला बाहिरबाट आई बिभिन्न होम क्वारेन्टिनमा रहदै आएका ६१ जना ब्यक्तिहरुको स्वाब शनिबार संकलन गरिएको भएपनि हवाई यातायात सुचारु नहुदा रोकिएका थिए । सोमबार हवाई सेवा सुचारु हुदा समिट एयरमा जुम्ला पठाउन सहज भएको हो ।

संकलति स्वाब ७२ घण्टामा प्रयोग शालाका पुगि सक्नु पर्छ । जुम्ला पुग्ने बित्तिकै स्वाबको पिसिआर परिक्षण सुरु गरिने प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताएका छन् । हवाई सेवा अबरुद्ध हुदा संकलित स्वाब खेर जाने अबस्था रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९